Comments Add Comment

के हो इजरायल-प्यालेस्टाइन विवादको चुरो ?

१ जेठ, काठमाडौं । इजरायलको सेना र प्यालेस्टाइन लडाकूबीच यतिबेला द्वन्द्व चलिरहेको छ । गत सोमबारदेखि द्वन्द्व जारी छ । द्वन्द्वका क्रममा इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गरिरहेको छ । गाजा क्षेत्रबाट पनि प्यालेस्टाइन लडाकुले इजरायलमा निरन्तर रकेट आक्रमण गर्दै आएका छन् ।

यो युद्धमा परी अहिलेसम्म गाजा क्षेत्रका १०० भन्दा धेरैको मृत्यु भइसकेको छ भने इजरायलतर्फ मृत्यु हुनेको संख्या सात छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्यालेस्टाइन लडाकुमाथिको हवाई आक्रमण आवश्यक भएसम्म जारी रहने बताएका छन् । उनले गाजा क्षेत्रमा शासन चलाइरहेको हमास समूहले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् ।

किन भड्कियो हिंसा ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार अहिले भड्किएको हिंसा इजरायल–गाजा क्षेत्रमा सन् २०१४ यताकै सबैभन्दा गम्भीर किसिमको छ । यसपटकको हिंसा एक महीनाअघि नै शुरू भएको हो । एक महीनाअघि पूर्वी जेरुसलेममा रहेका एक प्यालेस्टाइनलाई आफ्नो घर छाड्न चेतावनी दिइएको थियो । सो जमीनलाई यहुदीहरूले आफ्नो दाबी गर्दै आएका छन् । यहुदीहरू उक्त स्थानमा बस्न चाहन्छन् तर अहिले सो स्थानमा प्यालेस्टाइनहरू बस्दै आएका छन् । त्यो चेतावनीपछि यहाँका अरब समुदायका मानिसको बसोबास रहेको क्षेत्रमा प्रदर्शन निस्किएको थियो । त्यो प्रदर्शनमा प्रहरीसँग झडप हुँदै आएको थियो।

पुरानो मुद्दा

अहिले प्यालेस्टाइनहरूलाई हट्न चेतावनी दिएकाले द्वन्द्व उत्पन्न भएको भए पनि इजरायल–प्यालेस्टाइनको मुद्दा नौलो भने होइन । गाजा क्षेत्र र इजरायलको सीमा क्षेत्रमा पछिल्लो १५ वर्षयता प्यालेस्टाइन र इजरायलबीच विवाद छ ।

विशेषगरी इजरायल र जेरुसलेमको धार्मिक स्थलमा विवाद देखिने गरेको छ । इसाई, यहुदी र मुसलमान तीनै धर्मका समुदायले जेरुसलेमलाई आफ्नो पवित्र स्थल मान्छन् । उनीहरूका लागि यो स्थानको धार्मिक महत्व धेरै छ । यो यहुदीको उत्पत्ति स्थल हो । त्यसैले यो स्थल महत्वपूर्ण छ । उनीहरूको यो स्थान राष्ट्रिय प्रतीकको एक भाग पनि हो ।

भौगोलिक रूपमा यी दुई स्थान एकापसमा जोडिएका छन् । त्यस्तै ‘द चर्च अफ द होली सेपल्कर’ पनि इजरायली चेकप्वाइन्टको विपरीततर्फ छ । यो प्यालेस्टाइन इसाईको आस्थाको केन्द्र हो ।

इजरायल र जेरुसलेमको धार्मिक स्थलमा विवाद देखिने गरेको छ । इसाई, यहुदी र मुसलमान तीनै धर्मका समुदायले जेरुसलेमलाई आफ्नो पवित्र स्थल मान्छन् । उनीहरूका लागि यो स्थानको धार्मिक महत्व धेरै छ । यो यहुदी र मुसलमानको उत्पत्ति स्थल हो । त्यसैले यो स्थल महत्वपूर्ण छ ।

जेरुसलेमको पुरानो शहरको पर्खालभन्दा बाहिर प्यालेस्टाइनहरू बस्छन्, यहाँको जमीन र सम्पत्तिमा यहुदीहरूले आफ्नो दाबी गर्दै आएका छन् । यो दाबी अहिले इजरायलको अदालतमा पुगेको छ ।
यद्यपि विवाद जमीनको विषयमा मात्र होइन । पछिल्लो केही समययता उक्त क्षेत्रमा इजरायलको सरकारले यहुदीको संख्या बढाउने प्रयास गरिरहेको छ । त्यसैले तनाव पनि बढ्दो क्रममा देखिएको छ । जेरुसलेमको चारैतर्फ यहुदीको बसोबासको लागि ठूलो संख्यामा घरहरू बनाइएको छ । यसो गर्दा इजरायलले अन्तर्राष्ट्रिय कानूनको पनि पालना नगरेको आरोप लाग्दै आएको छ ।

पछिल्लो केही सातामा इजरायली प्रहरीले हतियारसहितका सैनिकको संख्या पनि बढाएको छ । रमजानको अवसरमा अल अक्सा मस्जिदमा ग्यास र स्टेन ग्रिनेडको प्रयोग गरिएको थियो । मक्का र मदिनापछि यो मुस्लिम नागरिकहरूको सबैभन्दा पवित्र स्थल हो ।

यो घटनासँगै प्यालेस्टाइन क्षेत्रको सबैभन्दा प्रमुख इस्लामिक संगठन हमासले अप्रत्याशित कदम उठाउँदै इजरायललाई अल अक्सा परिवार र शेख जराहबाट आफ्नो सेना हटाउन अल्टिमेटम दिएको थियो । तर, सो अल्टिमेटम पालना नभएपछि उसले रकेट आक्रमण गरेको थियो ।

युद्धको आशंका

अहिले हमासले निरन्तर इजरायलका शहरमा रकेट आक्रमण गरिरहेको छ । इजरायलको सेना पनि गाजा क्षेत्रमा अघि बढिरहेको छ । जसका कारण मध्यपूर्वको तनाव बढेको छ । यसप्रति संयुक्त राष्ट्रसंघले युद्धको आशंका व्यक्त गरेको छ । विशेषगरी यो मुद्दामा विश्वका विभिन्न मुलुकको ध्रुवीकरण हुन थालेसँगै यो आशंका अझै बढेको हो ।

अमेरिकाले इजरायलमा आफ्नो दूत पठाउने निर्णय गरेको छ । यो तनाव कम गर्ने मार्ग खोज्न अमेरिकाले दूत पठाउने निर्णय गरेको राष्ट्रपति जो बाइडनले बताएका छन् । बिहीबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले इजिप्ट, ट्युनिसिया र अन्य मुलुकमा पनि अहिले जारी तनाव कम गर्न विशेष दूतले सहयोगी भूमिका निर्वाह गर्ने बताएकी छिन् ।

अहिले हमासले निरन्तर इजरायलका शहरमा रकेट आक्रमण गरिरहेको छ । इजरायलको सेना पनि गाजा क्षेत्रमा अघि बढिरहेको छ । जसका कारण मध्यपूर्वको तनाव बढेको छ । यसप्रति संयुक्त राष्ट्रसंघले युद्धको आशंका व्यक्त गरेको छ ।

इजरायल–प्यालेस्टाइनको अहिले देखिएको हिंसाको विषयमा छलफलको लागि इस्लामिक मुलुकहरूको संगठन (ओआईसी)ले आइतबार आपत्कालीन बैठक बोलाएको छ । यो बैठकमा ओआईसीको सदस्य राष्ट्रका विदेशमन्त्रीहरू सहभागी हुनेछन् ।

यसअघि नै ओआईसीले राष्ट्रसंघको सुरक्षा परिषद्सँग इजरायललाई तत्काल रोक्न आग्रह गरेको थियो । उसको आक्रमण मानवअधिकारको उल्लंघन र अन्तर्राष्ट्रिय नियम विरुद्ध अनि मानवअधिकार उल्लंघन रहेको ओआईसीले बताएको छ । ओआईसीमा ५७ इस्लामिक मुलुकहरू आवद्ध छन् ।

–एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment