Comments Add Comment

देश बनाउने भन्दै रित्याउनेको कथा(भिडियो)

rittayau-budi-aamako-kakh
मुलुकमा संविधान निर्माण हुन्छ भनेर जनताले २-२ पटकसम्म भोट हालेर उम्मेदवार चुन्दा पनि संविधान बन्न सकेको छैन । देश बनाउँछु भनेर सत्तामा पुगेकाहरुले आफ्नो वाचा पुरा गरेका छैनन् । यही मार्मिक बिषयलाई आफ्नो गीतमा उतारेका छन्, तुला प्रवातले ।

तुलाले आफ्नै संगीत र शब्दमा तयार पारेको ‘रित्यायौं यी बुढी आमाको काख’ बोलको गीतमा दिपक लिम्बुको आवाज छ ।

विगत १५ बर्षदेखि गायन र संगीतमा लागेको तुला प्रवातले यसअघि २ वटा एल्बम ‘माया र भविष्य’ बजारमा ल्याइसकेका छन् । उनको सार्वजनिक हुन लागेको तेश्रो एल्बम ‘दोष’मा यो गीत समावेश हुनेछ ।

आफूले नेपालका चर्चित गायक राजेशपायल राईदेखि गायिका अञ्जु पन्तसँग काम गरिसकेको उनले बताए । यस्तै, उनको स्वरमा आलोक श्री, टिका भण्डारी, राजु सिंहले समेत संगीत भरिसकेका छन् । खेलकुद र संगीत दुबैमा रुची भएपनि वाध्यताले विदेशीनु परेको तुलाले बताए ।

यो गीतको भिडियोमा प्रशन्न पौडेलको निर्देशन, सुदिप बरालको छायांकन छ । तुलाको यो गीतले राष्ट्रियताको कुरा बोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment