Comments Add Comment

संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्न प्रचण्डलाई चिनियाँ आग्रह

Prachanda-with-chines-team

६ वैशाख, काठमाडौं । चीनले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्न एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका सान्झी प्रान्तका सेक्रेटरी झेयो झेन्याङले आइतबार विहान एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा संविधान निर्माण, दुई देश र दुई पार्टीबीचको सम्वन्ध सुधारबारे छलफल भएको थियो ।

भेटमा झेन्याङले नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको भेटमा सहभागी एमाओवादीका नेता अग्नि सापकोटाले जानकारी दिए । ‘सहमतिबाट चाडो संविधान बनोस्, संविधान बनेपछि आर्थिक विवकासको ढोका खुल्छ’ सापकोटाले भने-‘दलहरुका बीच चाँडै सहमति होस्, तपाईले पहल लिनु भो भने सम्भव छ भन्ने उहाँहरुको धारणा थियो ।’

संविधान बनेपछि राजनीतिक स्थितरता कायम हुने र त्यसले नेपाललाई थप सहयोग गर्न आधार बन्ने चिनियाँ टोलीको धारणा थियो ।

जवाफमा एमाओवादी अध्यक्ष प्रचण्डले दलहरुबीच सहमतिको प्रयास जानकारी गराएका छन् । ‘अध्यक्षले छिट्टै सहमति हुने वातावरण बन्दैछ । तपाईहरुको सुझावका लागि धन्यवाद भन्नु भएको छ’ सापकोटाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment