Comments Add Comment

चलचित्रकर्मी र रंग पत्रकारका घर पनि ध्वस्त छन्

kuber-giri-housw
नेपालमा आएको भूकम्पले लाखौ जनता प्रभावित भएका छन् । हजारौको ज्यान जानेगरि आएको भूकम्पमा परि धेरैको घर भत्किएको छ । यतिबेला राहत सामाग्री वितरण गर्ने क्रम पनि चलिरहेको छ ।

चलचित्रकर्मीहरु स्वयंम पनि राहत वितरणका लागि लागिपरेका छन् । तर, भूकम्पको प्रभावले थुप्रै चलचित्रकर्मी र रंग पत्रकारको पनि घर भत्किएको छ । अझ, यसको तथ्यांक ठूलो बन्न सक्छ । नेपाली चलचित्रका विभिन्न संघसंस्थाले आफ्ना सदस्यहरुको अवस्था अझै पनि सार्वजनिक गर्न सकेका छैनन् ।

अधिकांश संघसंस्था मौन देखिएका छन् । चलचित्र संघले अझै भत्किएका चलचित्र भवनको आँकडा निकालेको छैन । अन्य संघसंस्था पनि यस बिषयमा कानमा तेल हालेरै बसेका छन् ।

नेपाल चलचित्र प्राविधिक संघले आफ्ना सदस्यहरुको अवस्था सार्वजनिक गरेको छ । नेपाल चलचित्र प्राविधिक संघले संकलन गरेको तथ्यांक अनुसार करिब ९७ जना प्राविधिकलाई भूकम्पले प्रत्यक्ष असर पारेको छ । यस्तै, चलचित्र पत्रकार कुबेर गिरीको पनि २ वटा घर पूर्ण रुपमा भत्किएको छ । चलचित्र पत्रकार दिनेश सिटौलाको नुवाकोटको घर र अर्का पत्रकार विजयरत्न तुलाधरको अनसको घर पनि भत्किएको छ ।

चलचित्र प्राविधिक संघका ९७ सदस्यहरुको घर बस्न नहुने गरि भत्किएको महासचिव अनन्त तिमिल्सिनाले जानकारी दिएका छन् । सिन्धुपाल्चोकका जिल्लामा घर भएका एक ड्रेसम्यानले परिवारका ३ जना सदस्य गुमाएका छन् । छायांकार गणेशप्रसाद श्रेष्ठका दाजुको निधन भएको छ । नुवाकोटको त्रिशुलीमा बस्ने धेरै प्राविधिक सबैभन्दा बढी प्रभावित छन् ।

अब, जनतासँगै भूकम्पबाट प्रभावित चलचित्रकर्मीलाई पनि राहत उपलब्ध गराउने तर्फ सोच्नु पर्ने समय छ । भूकम्पबाट प्रत्यक्ष प्रभावित भएका प्राविधिकहरुको सूची नेपाल चलचित्र प्राविधिक संघले अनलाइनखबरलाई उपलब्ध गराएको छ ।

लाइटम्यानतर्फ
महेन्द्र लामा (नुवाकोट), उत्तम बहादुर खत्री(काठमाण्डौ), रेशम लामा (नुवाकोट), चन्द्र लामा (नुवाकोट), श्याम लामा (नुवाकोट), पेमा लामा (नुवाकोट), जिवन तामाड (नुवाकोट), तिर्थ लामा (चरिकोट), पालदोर्जे शेर्पा (सिन्धुली), गोकुल हुमागाई (पनौती), राममणी पराजुली (काभ्रे), मित्र नाथ योगी (सल्यान), सुरेश थापा (पनौती), रामप्रसाद हुमागाँई (काभ्रे), शिव प्रसाद चौलागाई (काभ्रे), देव चन्द्र श्रेष्ठ (काभ्रे), लालसिंह थोकर (मकवानपुर), केशव बहादुर भुजेल (दोलखा), कृष्णबहादुर तामाङ (रामेछाप), कृष्ण वाइवा (काभ्रे), दिपेन्द्र थपलिया (नुवाकोट), रामप्रसाद हुमागाँइ (काभ्रे), हेमन्त तामाङ (नुवाकोट), नारायण उप्रेती (काभ्रे), भरत नेपाल (नुवाकोट), अर्जुन तिमिल्सिना (पनौती, हरि बहादुर श्रेष्ठ (सिन्धुपाल्चोक), सकुल श्रेष्ठ (भक्तपुर), इन्द्र लाल श्रेष्ठ (सिन्धुपाल्चोक), इश्वर नगरकोटी (टौदह), गोविन्द थापा (भक्तपुर(, रमण अधिकारी (सिन्धुली), प्रितम महर्जन (किर्तिपुर)

प्रोडक्शन म्यानेजरतर्फ
दिलिप पन्त (गोरखा), श्रीकृष्ण ढुंगाना (नुवाकोट), नविन पुरी (मेलम्ची), अनन्त तिमिल्सिना (रामेछाप)

हेयर ड्रेसरतर्फ
मधुराज भण्डारी (भक्तपुर), रिता बलामी (फर्पिङ), डोमा शेर्पा (ओखलढुंगा), देवती मगर (रामेछाप)

आर्ट डाइरेक्टरतर्फ
सिंगे लामा (रसुवा), पासाङ डी शेर्पा (सोलुखुम्बु)

साउण्ड रेकष्डिटतर्फ
माधव थपलिया (काभ्रे) गोविन्द खड्का (ओखलढुंगा), गणेश बहादुर रायमाझी (काठमाण्डौ)

भान्छातर्फ
होम लामा (नुवाकोट), पूर्ण लामा (नुवाकोट), प्रदिप लामा (नुवाकोट), हर्क लामा (नुवाकोट), रमेश लामा (नुवाकोट), हेमकुरमा शाही (हेटौडा), कामी थापा तामाङ (नुवाकोट), धन बहादुर श्रेष्ठ (काभ्रे)

स्थल सहयोगीतर्फ
राजु फुयाँल (पनौती), पवन लामा (नुवाकोट), केदार सापकोटा (नुवाकोट)

भेषभुषातर्फ
भिमलाल श्रेष्ठ (मेलम्ची)

छायांकारतर्फ
सञ्जय लामा (लेले), गणेश कुमार श्रेष्ठ (लेले), कृष्ण बहादुर श्रेष्ठ (काभ्रे), बिनोद कुमार कार्की काठमाण्डौ), हरी हुमागाँई (काभ्रे), शिव ढकाल (भक्तपुर), रामेश्वर हुमागाँइ (पनौती), हरी लामा घले (नुवाकोट), रामशरण उप्रेती (काभ्रे)

सहायक छायांकारतर्फ
संकल भुजेल (सिन्धुली), विष्णुप्रसाद तिमिल्सिना (काभ्रे र काठमाण्डौ), विशाल प्रजापती (भक्तपुर), रविन्द्र न्यौपाने (नुवाकोट), रामगोपाल तिमिल्सिना (काभ्रे), गौतम खरेल (काभ्र्रे )

मेकअपतर्फ
रेशम लामा (नुवाकोट), वुद्धी लामा (नुवाकोट), रोशन लामा (नुवाकोट), विनोद लामा (नुवाकोट), इन्द्र लामा (नुवाकोट), पुष्पन लामा (नुवाकोट), श्याम लामा (नुवाकोट), विश्वराम केसी (भक्तपुर), सरोज पाण्डे (नुवाकोट), विक्रम थापा (काठमाण्डौ), शंकर थापा (सिन्धुपाल्चोक), केशव तमाखु (भक्तपुर), इश्वरलाल श्रेष्ठ (सिन्धुपाल्चोक), शमशेर लामा (नुवाकोट)

सम्पादकतर्फ
तारा थापा ‘किम्भे’ (बन्दिपुर), सजन श्रेष्ठ (स्वयंम्भु), लोकेश बज्रचार्य (पाटन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment