Comments Add Comment

‘बोस’हरुका रोजाइमा टि्वटर र लिंक्डइन, फेसबुक प्रति रुची घट्यो

 twitter-linked-facebook
विश्वका सबैभन्दा ठूला ५० वटा कम्पनीका उच्च पदस्थ हाकिमहरुमा कुन सोसल मिडिया साइट बढि लोकप्रिय होला ? एक अध्ययनका अनुसार विश्वका सबैभन्दा ठूला कम्पनीका हाकिहरुमा फेसबुक भन्दा टि्वटर बढि लोकप्रिय छ ।

पिआर फर्म वेबर शान्डविकले गरेको अध्ययन अनुसार ठूला कम्पनीका उच्च पदाधिकारीहरुमा टि्वटर र लिंक्ड इनको लोकप्रियता बढ्दै गएको छ भने फेसबुकको लोकिप्रियता घट्दै गएको छ । दुइ वर्षअघि भन्दा अहिले टि्वटर र लिंक्ड इन प्रयोग गर्ने बोसहरुको संख्या बढेको तर फेसबुक प्रयोग गर्नेको संख्या घटेको अध्ययनले देखाएको छ ।

फर्च्युन पत्रिकाले सन् २०१४ मा सार्वजनिक गरेको विश्वका टप ५ सय कम्पनीको सूचि मध्ये टप ५० कम्पनीका सिइओहरुले प्रयोग गर्ने सोसल मिडिया साइटहरुको बारेमा विश्लेषण गर्दा टि्वटरको लोकप्रियता तिब्र रुपमा बढ्दै गएको देखिएको छ । सन् २०१२ मा केवल २ प्रतिशत मात्र सिइओ हरुले टि्वटर प्रयोग गर्ने गरेकोमा अहिले टि्वटर प्रयोगकर्ता सिइओहरुको संख्या १० प्रतिशत पुगेको छ ।

सबैभन्दा लोकप्रिय सोसल मिडिया साइट भने लिंक्ड इन रहेको छ । सन् २०१२ मा ६ प्रतिशत बोसहरुले मात्र लिंक्डइन प्रयोग गर्ने गरेकोमा अहिले त्यो संख्या २२ प्रतिशत पुगेको छ ।

अध्ययनका अनुसार अहिले कुनैपनि सिइओको सक्रिय फेसबुक पेज छैन । जबकी सन् २०१२ मा १० प्रतिशत सिइओहरुले फेसबुक प्रयोग गर्थे ।
वेबर शान्डविककी लेस्ली गेनेस रोसका अनुसार दुइवर्षको अवधिमा बोसहरुको सोसल मिडियाप्रतिको अवधारणामा ठूलो परिवर्तन आएको छ । दुइ वर्षअघि सोसल मिडियामा अभिरुची राख्ने सिइओहरुले २ वर्षअघि सबैखाले सोसल मिडियामा आफ्नेा उपस्थिति जनाउने गरेकोमा वर्तमानमा बढि प्रभावकारी सोसल मिडिया छनोट गर्ने गरेका छन् ।

रोचक कुरा त के भने प्रविधि तथा व्यवसायमा निकै अगाडि भएपनि विश्वका टप ५० कम्पनीका केवल २८ प्रतिशत सिइओहरुले मात्र सोसल मिडिया साइट प्रयोग गर्ने गर्छन् । जुन दुइ वर्षअघि केवल १८ प्रतिशत थियो ।

धेरैले सोसल मिडिया साइटमा भन्दा कम्पनीकै वेबसाइटमार्फत सन्देशमूलक भिडियो तथा प्रचारात्मक भिडियोको प्रयोग गर्ने गरेका तथा युट्युबमार्फत उपस्थिति जनाउने गरेको पाइएको छ । वेबसाइट तथा युट्युबमा भिडियोमार्फत उपस्थिति जनाउने सिइओको संख्या सन् २०१० मा १८ प्रतिशत रहेकोमा अहिले ४० प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment