Comments Add Comment

कुस्ती सिक्न थाले आमिर खानले

Aamir-Khan

मुम्बई । ‘दंगल’ नाम राखेर फिल्म बनाउने तयारीमा रहेका आमिर खान अहिले कुस्ती सिक्न थालेका छन् । प्रकाश भारद्धाज र कृपाशंकरसंग कुस्ती कसरि खेल्ने सिक्दैछन् उनी ।

महावीर फोगटमाथि फिल्म बनाउने तयारीमा रहेका आमिरले यस फिल्ममा २० वर्षे तन्नेरी, ५० अधबैंशे र ६० वषिर्य कोचको भूमिका निर्वाह गर्नुपर्ने छ । त्यसका लागि सुटिङ तीन चरणमा गर्ने तयारीमा रहेका छन् उनी ।

अहिले उनको वज ९५ किलो रहेको छ । आउँदो पाँच महिनामा २७ किलो घटाउने योजनामा छन् उनी । अन्य फिल्म निर्माण गर्दा फिल्मका प्रसंगलाई निकै गोप्य राख्दै आएका आमिरले यसपालि भने सबै कुरा शेयर गरेका छन् ।

दर्शकलाई फिल्मसँग जोडनका लागि सबै कुरा सार्वजनिक गरेको उनको भनाई छ । यस चलचित्रमा आमिर बाहेक अरु स्थापित कलाकार छैनन् । ‘म नयाँ अनुहारलाई काम गराउन चाहन्छु । उनीहरुको लगनशीलता र समर्पणवाट म निकै प्रभावित छु ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment