Comments Add Comment

डोको बोकेर चर्पी र विद्यालय बनाउँदै धुर्मुस

dhurmus
सिताराम कट्टेल’धुर्मुश’ डोको बोकेर उभिएका छन् । उनको डोकोमा अर्का तन्नेरी ढुंगा राखिदिंदैछन् । हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा गाउँले लवजको अभिनय प्रस्तुत गरिरहेका धुर्मुसको यो तस्बिर देख्दा लाग्न सक्छ, डोको बोकेर धुर्मुसले मेरी बास्सैको नयाँ एपीसोड सुटिङ गर्दैछन् ।

तर होईन, उनी अहिले रिल लाईफमा गाउँ बनाउने अभियानमा जुटेका छन् । शनिवार नुवाकोटको ओखरपौवा गाविसको तामाङ बस्तीमा पुगेका धुर्मुशले स्थानियसँग मिलेर ढुंगा बोके, माटो मुछे अनि चर्पी बनाए ।

यी दुई गाँउमा झण्डै २ सय ४० घर छन् । एउटा निम्न माध्यमीक विद्यालय पनि छ । यसअघि ५ जनाको घरमा , विद्यालयमा ३ गरी ८ वटा मात्रै चर्पी थियो यो गाउँमा । सरसफाई दुत धुर्मुस र सुन्तली -कुञ्जना घिमिरे)सहितका कलाकार टोलीले तीन दिनमा ४० चर्पी बनाए ।

चर्पी बनाउनका लागि धुर्मुश-सुन्तली सहित स्थानीयले श्रमदान गरेका थिए । सोही स्थानमा रहेको महाकाली विद्यालयको जस्ता हुरीले उडाएपछि विद्यालयको पनि पुननिर्माणमा जुटेका छन् उनीहरु । साथै सोही विद्यालयमा अध्ययनरत दुईसय विद्यार्थीलाई झोला दिने तयारी भएको सितारामले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment