Comments Add Comment

नि:शुल्क अध्ययनका लागि निर्देशक दीपाले खोज्दैछिन् ५० बालबालिका

deepa-basnet

चलचित्र ‘श्री ५ अम्बरे र अन्तराल’ निर्देशन गरिसकेकी निर्देशक दीपा बस्नेत अहिले भूकम्पबाट घरबार गुमाएका बालबालिकाको खोजीमा लागेकी छिन् । उनले गरिबीका कारण पढाई छुटाउन वाध्य भएका, भूकम्पले गर्दा घरबार बिहिन भएका र अभिभावक गुमाएका बालबालिकाको खोजी गरेकी हुन् ।

भारतको उडिसास्थित विश्वविद्यालय कलिंगा इन्स्टिच्यूट अफ इन्डस्टि्रयल टेक्नोलोजी(किट) को उनी अन्तरराष्ट्रिय परामर्शदाता पनि हुन् । यस्तै, उक्त विश्वविद्यालयले चलाएको कल्याणकारी शैक्षिक संस्था कलिंगा स्कूल अफ सोसियल साइन्सको उनी नेपाल च्याप्टरकी कार्यकारी निर्देशक पनि हुन् ।

उनी हालै मात्र त्यहाँ पुगेर नेपालका ५० जना बालबालिकाको लागि नर्सरीदेखि स्नाकोत्तर सम्मको निशुल्क शिक्षा र आवासको बन्दोबस्त गरेर नेपाल फर्किएकी हुन् ।

नेपाल फर्किए लगतै उनले अर्को शैक्षिक सत्रबाट नेपालमा पनि गरिब, अनाथ र घरबारबिहिन भएका बालबालिकालाई शिक्षा तथा आवास दिने योजना अनुरुप अघि बढेको जानकारी गराएकी छिन् । यसका लागि भूकम्पबाट प्रभावित र घरबारबिहिन, अभिभावक गुमाएका बालबालिकाको खोजी गरिरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment