Comments Add Comment

भूवन केसीले सुरु गरे ‘ड्रिम्स’को छायांकन, चलमलाउँदै चलचित्र क्षेत्र

फाइल फोटो
फाइल फोटो

नायक भूवन केसीले आफ्नो चलचित्र ‘ड्रिम्स’को छायांकन सुरु गरेका छन् । उनले आजबाट पोखरामा चलचित्रको छायांकन सुरु गरेको जानकारी दिएका हुन् ।

मुस्ताङमा छायांकन गरिरहँदा भूकम्प आएपछि उनी काठमाण्डौ फर्किएका थिए । करिब १ महिनापछि भूवनले चलचित्रको छायांकन सुरु गरेका हुन् ।

छोरा अनमोल केसीलाई मुख्य भूमिकामा लिएर भूवनले प्रेमको कथा बोल्ने चलचित्रको निर्देशन गरिरहेका छन् । करिब १५ प्रतिशत छायांकन भएपछि यसको काम रोकिएको थियो । दशैमा प्रदर्शन गर्ने उद्देश्यले चलचित्रको छायांकन वैशाखबाट सुरु गरिएको थियो । तर, करिब १ महिना छायांकन प्रभावित भएपछि यो चलचित्र दशैमा आउँछ या आउँदैन भन्न गाह्रो छ ।

भूकम्प गएको १ महिनासम्म शुन्य जस्तै रहेको चलचित्र क्षेत्र अब भने चलमलाउन थालेको छ । केही नेपाली चलचित्रको छायांकन काठमाण्डौ बाहिर सुरु भैसकेका छन् ।

निर्माताहरुले चलचित्रको पोष्ट प्रोडक्शनको काम पनि सुरु गरिसकेका छन् । अब, विस्तारै चलचित्र क्षेत्रलाई अगाडि बढाउनु पर्ने चलचित्रकर्मीको भनाई छ । यसका लागि काम सुरु गरिएको केही निर्माताले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment