Comments Add Comment

पौडीबाज शिरीष र सोफिया बैंकक प्रस्थान

१३ जेठ, काठमाडौं । ब्राजिलमा हुने ओलम्पिक गेम्स- २०१६ लाई मध्यनजर गरी नेपाल पौडी संघले दुई खेलाडीलाई विशेष प्रशिक्षणका लागि बुधबार थाइल्यान्डको बैंकक पठाएको छ । शिरीष गुरुङ र सोफिया शाह बुधबार मे १ तारिखदेखि नै सुरु भइसकेको प्रशिक्षणमा सहभागी हुन बैंकक गएका हुन् ।

भूकम्पका कारण खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउन ढिलाइ भएको नेपाल पौडी संघले जनाएको छ । प्रशिक्षण भने एक वर्षसम्म चल्नेछ । गत वर्ष पौडी संघले आयोजना गरेको प्रतियोगिताको नतिजाका आधारमा उत्कृष्ट फिना अंक प्राप्त गर्न सफल भएकाले शिरीष र सोफियालाई प्रशिक्षण सहभागी गराइएको जनाइएको छ ।

शिरीष र सोफिया २ महिनाको प्रशिक्षण लिइ रुसको कजानमा हुने १६ औं फिना विश्व पौडी प्रतियोगितामा सहभागी हुनेछन् । उक्त प्रतियोगिता २०१६ को ओलम्पिक छनोटका रुपमा समेत रहेको छ ।

शिरीष र सोफिया बाहेक थप १-१ पुरुष/महिला खेलाडीले पनि नेपालको प्रतिनिधित्व गर्नेछन् । बाँकी दुई खेलाडीको छनोट ललितपुरको सातदोबाटोमा जेठ २४ र २५ मा हुने २० औं खुला राष्ट्रिय पौडी प्रतियोगिताबाट गरिने पौडी संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment