Comments Add Comment

फ्रान्सका हर्नान्डेज एट्थेलेटिको मड्रिड छाडेर बायर्न म्युनिखमा

१४ चैत, काठमाडौं । विश्वविजेता फ्रान्सका डिफेन्डर लुकास हर्नान्डेज जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् ।

बायर्नले एट्लेटिको मड्रिडमा रहेका हर्नान्डेजलाई पाँच वर्षका लागि ८० मिलियन युरोमा अनुबन्ध गरेको हो । २३ वर्षीय हर्नान्डेजले फ्रान्सलाई २०१८ मा रसियामा सम्पन्न विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

हर्नान्डेजले जुलाई एक तारिखदेखि बुन्डेस लिगा खेल्नेछन् । हर्नान्डेजले आफ्नो करिअरको साँच्चिकै महत्वपूर्ण दिन भएको बताएका छन् । उनले भनेका छन्, ‘बायर्न म्युनिख युरोप र विश्वकै उत्कृष्ट क्लबमध्ये एक हो । यहाँबाट खेल्दा आफुलाई गौरव भएको महसुस गर्नेछु ।’

सेन्टर ब्याक हर्नान्डेजले एट्लेटिको मड्रिडबाट स्पेनिस ला लिगामा ६७ खेल खेलेका छन् भने एट्लेटिको मड्रिडलाई युरोपा लिग र सुपर कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हेर्नान्डेजले फ्रान्सको राष्ट्रिय टिमबाट भने १५ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment