गौतम “उदय”
तिमीलाई त निष्ठुरी
के छ फिक्री जीवनको
कुस्तसंग लिलाम बोल्ने
भेटायौ तिम्रो यौबनको
मेरो पो अनुपम जिन्दगी यो
अनाहकमा त्यसै बरबाद भो |
तिम्रो त लट्ठ लट्ठ्याउने
रसिलो-रसिलो यौबन छ
सदैब चरप्प अठ्याउने
कंसिलो-कंसिलो अँगालो छ
मेरो पो जीवन उजाडिंदा
बिजोग हेर्दै काखी ठोक्ने
पापी एउटा दुनिया छ |
तिम्रो त दु:खमा सधै
साहारा पाउने हात छ
ओठमा चुप्प चुम्मा खाँदै
आइ-लभ-यु भन्ने साथ छ
मेरो पो एक्लै थला पर्दा
आँखा तर्दै खुच्चिंग भन्ने
पापी एउटा दुनिया छ |