Comments Add Comment

माधव नेपाल पक्षले तमासा देखाएको ओलीको आरोप

Kp oli  (2)

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधवकुमार नेपाल पक्षले होटलमा भेला गरेर तमासा देखाएको टिप्पणी गरेका छन् । साथै उनले कुनै समस्या भए विधिसम्वत रुपमा राख्न पार्टीमा राख्न आग्रह गरेका छन् ।

मदन भण्डारीको ६३ औं जन्मजयन्तीको अबसरमा काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने-‘केही मान्छे हस्ताक्षर र भेला गर्दै हिडेको सुनेको छु । विधिको कुरा गर्ने अनि गुटको भेला गर्दै हिड्ने ?’

एमाले अध्यक्ष ओलीले खेलकुदमन्त्री पुरुषौतम पौडेललाई हटाउने तयारी गरेपछि नेता माधवकुमार नेपाल पक्षले भेला गरेर हस्ताक्षर संकलन गरेको छ ।

माधवकुमार नेपालले पौडेललाई हटाए भूकम्प ल्याउँछु भनेकोतर्फ संकेत गर्दै ओलीले भने-‘केही मान्छेले भूइँचालो ल्याउँछु भनेको सुन्छु । छक्क पर्छु । के चाहिन्छ ? बैठक चाहिन्छ भने पोलिटब्यूरो, केन्द्रीय समिति बोलाउन तयार छु ।’

ओलीले खेलकुदमन्त्रीले आफूले नगर्न भनेको काम गरेकाले समस्या भएको बताए । पौडेलको नाम नलिई उनले भने-‘एकजना मन्त्रीलाई मैले त्यो काम नगर्नु भनेको थिएँ । मैले भन्दाभन्दै गरेपछि किन गरेको भनेर सोध्दा गल्ती भयो भने ।’

उनले कुनै मन्त्री मनपरी ढंगले चल्न नसक्ने र गुटको आधारमा नियुक्ति गरेर नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment