Comments Add Comment

निथ्रुक्क भिजेका खुमबहादुरलाई नेम्वाङको प्रश्न-यो पानी शुभ संकेत कि अशुभ ?

Khum Bdr Protest (7)

२१ असार,काठमाडौं । मूसलधारे पानीमा निथु्रक्क भिजेर संविधानसभा भवनमा प्रवेश गरेका कांग्रेस नेता खुमवहादुर खड्का, पूर्व सभासमुख तारानाथ रानाभाट सहितको टोलीलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पानीमा भिजेकोमा सहानुभूति दिए ।

नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्र महाअभियानका संयोजक समेत रहेका खड्काबाट हिन्दू ज्ञापनत्र बुझिसकेपछि नेम्वाङले भने-‘पानीमा भिजेर यहाँसम्म आइपुग्नुभयो, तपाईहरुको माग म संवाद समितिसम्म पुर्‍याइदिन्छु । यो पानीले चाहिँ शुभ संकेत गरेको हो कि होइन थाहा भएन ।’

संविधानमा नेपाललाई धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राज्य कायम गराउन कांग्रेसमा खुमवहादुरको नेतृत्वमा अभियान चलिरहेको छ । सो अभियानका नेताहरु तारानाथ रानाभाट,लक्ष्मण घिमिरे,हरिबोल भट्टराईहरु पानीमा निथु्रक्क भिजेरै सभाध्यक्षलाई भेट्न पुगेका थिए ।

Khum Bdr Protest (2)

हिन्दू राज्य कायम गराउनुपर्ने खड्काको मागलाई सभाध्यक्ष नेम्वाङले संवाद समितिमा पठाइदिने आश्वासन दिए । उनले भने-‘जनताका बिभिन्न सुझावहरु आएका छन्,तपाइहरुको यो माग पनि म संवाद समितिमा पठाइदिन्छु ।’

Khum Bdr Protest (1)

Khum Bdr Protest (3)

Khum Bdr Protest (4)

Khum Bdr Protest (5)

Khum Bdr Protest (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment