Comments Add Comment

नेप्सेमा १८ अंकको करेक्सन, ५४ करोडको कारोबार

१२ साउन, काठमाडौं । मौद्रिक नीति पछिको पहिलो कारोबारमा उछालिएको नेप्से मंगलबार भने करेक्सन भएको छ । मौद्रिक नीतिपछि ९२ अंकले बढेको सेयर बजार मंगलबार १८ अंकले करेक्सन भएर नेप्से इन्डेक्स १०२८ अंकमा झरेको छ ।

Nepse1मंगलबारको कारोबारबाट सबै सूचकहरु घटेका छन् । अहिले नेप्से घटेको नभई करेक्सन भएको विश्लेषकहरुको भनाई छ ।

आगामी दुई वर्षभित्र बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी अत्यधिक वृद्धि गर्ने घोषणा मौदि्रक नीतिमा गरिएको थियो ।

मंगलबारको कारोबारमा वाणिज्य बैंक समूहको सूचक २३ अंकले, होटल र विकास बैंक समूहको सूचक २५ अंकले, जलविद्युतको सूचक ३१ अंकले, फाइनान्स कम्पनीको सूचक ४ अंकले, बीमा समुहको सूचक ७ अंकले र उत्पादनमूल समहुको सूचक ३ अंकले घटेका छन् ।

यो दिन अन्य समूहको सूचक भने २.३६ अंकले बढेको छ । मंगलबार नेप्सेमा १ सय ३७ कम्पनीका ११ लाख ३२ हजार कित्ता सेयर ५४ करोड १२ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment