Comments Add Comment

अब सम्भव होला त पारस र हिमानीको पुनर्मिलन ?

१२ साउन, काठमाडौं । डिभोर्सको नजिकै पुगेको भनिएको पूर्वयुवराज पारस र हिमानीको सम्बन्धमा सुधारको संकेत देखिएको छन् ।

पारस अचानक बिरामी भएर नर्भिक अस्पतालमा भर्ना भएपछि उनको पारिवारिक पुनर्मिलनको सम्भावना बढेको हो । पारसलाई भेट्न सोमबार भावुक मुद्रामा नर्भिक अस्पताल प्रवेश गरेकी हिमानी एक घन्टापछि उत्साही मुद्रामा बाहिर निस्किन् । 

Himani Shaha (5)

बैंककबाट फर्केयता पारस आफ्नो परिवारसित बसेका छैनन् । नेपाल आएको केही दिन धुम्बाराहीस्थित कुण्डलिनी अपार्टमेन्टमा बसेका उनी त्यसपछि धिरेन्द्रपुत्री शितास्माको घरमा बस्दै आएका थिए ।

अस्पतालबाट बुधबार या विहीबार डिस्चार्ज भएपछि पारस कहाँ जान्छन् भन्नेसमेत टुंगो छैन । रोचक त के छ भने पारस-हिमानीका छोराछोरी आफ्नी आमासित भन्दा बाबुसित बढी झ्याम्मिन्छन् । पारस पनि छोराछोरीलाई औधी माया गर्छन् ।

पछिल्ला दिनहरुमा छोरा हृदयन्द्र तथा छोरीहरु पूणिर्का र कृतिका धेरैजसो बुबासँगै बस्दै आएका छन् । पारस शनिबार नर्भिक अस्पताल आउँदा छोरा हृदयन्द्रसँगै थिए ।

सोमबार अस्पताल आएका छोराछोरीलाई पारसले आइसक्रिम किन्न पठाएका थिए । अस्पताल भर्ना हुनुअघि पारस छोराछोरीलाई गाडीमा राखेर बारम्बार घुमाउन लैजान्थे ।

यता, पूर्वराजदम्पत्ति ज्ञानेन्द्र र कोमल भने बुहारी हिमानीको सपोर्टमा छन् । बैंककमा पारस थाई युवतीसित बहकिएपछि बाबुआमा छोरासित टाढिएका हुन् ।

माता भन्छिन् : मैले छुट्याएको होइन

पारस र हिमानीसँगै नबस्नुमा एकजना माताको हात रहेको चर्चा बजारमा चल्दै आएको छ । ती माता हुन् २४ वषिर्या सविता सरु शर्मा आचार्य ।

नेपाली माता भनेर चिनिने उनले केही समयअघि पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीलाई छुट्टाछुट्टै भेटेकी थिइन् । निर्मल निवासमा हिमानीलाई भेटेर उनले केही समय पारससित अलग बस्दा राम्रो हुने सुझाव दिएकी थिइन् ।

‘हो, मैले केही समय अनिष्ट भएकाले सँगै नबस्दा राम्रो हुने सुझाव दिएकी हुँ,’ आचार्यले अनलाइनखबरसित भनिन्, ‘तर यसको मतलब कहिल्यै सँगै बस्नुहुँदैन भनेकी होइन ।’

अनिष्ट सकियो कि बाँकी छ भन्ने प्रश्नमा भने उनले केही बताउन चाहिनन् । ‘यो म सम्वन्धित पक्षलाई मात्रै भन्छु, मिडियावाजी गर्दिन,’ उनले भनिन् ।

तथापि, माताले भनेकै आधारमा मात्रै पारस र हिमानी सँगै नबसेका हुन् भन्ने चाहिँ प्रष्ट छैन ।

निर्मलनिवासमा अशुभ, ज्ञानेन्द्र र हृदयेन्द्रमा अझै राजयोग !

यी माताले निर्मल निवासमा दोष भएकाले पूर्वराजपरिवारमा शान्ति आउन नसकेको बताएकी छिन् । उनी भन्छिन्, ‘म निर्मल निवासमा पस्दा चराचुरुंगीहरुको आवाजले अनिष्टको संकेत गरिरहेको पाएँ । त्यहाँ पितृहरुको सम्मान नभएको पनि देखिन्छ ।’

उनले पूर्वराजाको तेस्रोचोटि राजा बन्ने र पारसपुत्र हृदयन्द्रको पनि एकचोटि राजा बन्ने योग रहेको दाबी गरेकी छिन् । ‘पारसको चाहिँ त्यस्तो योग छैन,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment