Comments Add Comment

सभामुखले सोधे-बाढी पहिरोले जनधन क्षति हुँदा सरकार के गर्दैछ ?

१५ साउन, काठमाडौं । सभामुख सुवास नेम्वाङले अविरल वर्षाका कारण बाढी र पहिरोमा परि जनधनको ठूलो क्षति भएको बेला सरकारले के गरिरहेको छ ? भन्ने प्रश्न गर्दै तत्काल संसदलाई जानकारी गराउन निर्देशन दिएका छन् ।

Subash-nembangव्यवस्थापिका संसदको शुक्रवारको बैठकमा गण्डकी र धौलागिरी क्षेत्रका सभासदहरुले बाढी पहिरोबाट ठूलो क्षति भएकाले राहत तथा उद्दारको माग गरेपछि सभामुखले यस्तो रुलिङ गरेका हुन् ।

सभामुख नेम्वाङले भने-बाढी पहिरोबाट जनधनको ठूलो क्षति भएको छ, यस सम्बन्धमा सरकार अहिले के गरिरहेको छ ? राहत तथा उद्दारमा के भइरहेको छ ? संसदको अर्को बैठकमा सम्पूर्ण विवरण संसदलाई उपलव्ध गराउन रुलिङ गर्छु ।

यसअघि कास्की क्षेत्रनम्बर ४ की सभासद सीता गिरी, पर्वतकी कल्पना शर्मा, बाग्लुङकी केशरी घर्ती मगर, कास्कीकै कुमार खड्का लगायतका सभासदले पहिरो पीडितकेा उद्दार तथा पुनर्स्थापना हुन नसकेको र अवरुद्ध सडक सन्चालन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment