Comments Add Comment

हप्ता दिनदेखि स्थिर सुनको भाउ २ सय घट्यो

Gold१८ साउन, काठमाडौं । हप्ता दिनदेखि स्थिर रहेको सुनको भाउ सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।

सोमबार छापावाला सुन तोलाको ४७ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो सोमबार सुनको भाउ ४८ हजारमा उक्लिएर स्थिर रहँदै आएको थियो ।

तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँ घटेर ४७ हजार ५ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी तोलाको ६ सय ६५ रुपैयाँ किनबेच भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment