Comments Add Comment

गिरिजाले १० लाख दिन्छु भनेका थिए, हामीले ५० भन्यौं : महतो

३ भदौ, बिराटनगर । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनआन्दोलनका समयमा गिरिजाप्रसाद कोइरालाले पनि शहीद परिवारलाई १० लाख क्षतिपुर्ति दिने भनेको बताएका छन् ।
Rajendra-Mahato-and-Mahanthसप्तरीको भारदह जाने क्रममा बिराटनगर विमानस्थलमा विहीबार महतोले पत्रकारसँग भने- गिरिजाले १० लाख दिने बताएका थिए, हाम्रो मोर्चाले ५० लाख क्षतिपुर्ति दिने निर्णय गर्‍यो ।

मधेस आन्दोलनमा शहीद हुनेहरुका परिवारलाई ५० लाख दिने मधेसी मोर्चाले बुधबार निर्णय गरेको थियो । महतोले यो निर्णय मोर्चाले गर्नु स्वाभाविक भएको भन्दै यसको बचाऊ गरे ।

टेलिफोनका भरमा वार्ता हुँदैन : ठाकुर

यसैवीच सदभावना अध्यक्ष महतोसँगै भारदह जानका लागि बिराटनगर आइपुगेका तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग टेलीफोनका भरमा वार्ता नहुने बताए । ‘सरकारले औपचारिकरुपमा वार्ताको कुरा गरेको छैन, ठाकुरले भने, टेलिफोनका भरमा वार्ता हुँदैन ।’

भारदहको सभा पानीले बिथोल्यो

यसैवीच सप्तरीको भारदहमा मधेसवादी दलले आयोजना गरेको आमसभा झरीले बिथोलिदिएको छ । सभालाई सम्बोधन गर्न भारदह पुगेका उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले बेलेका ४ बज्दासम्म अविरल वर्षाका कारण सभालाई सम्बोधन गर्न पाएनन् ।

दिउँसो १ बजे आमसभा गर्ने कार्यक्रम तय गरिएको थियो । पानी परे पनि स्रोताहरु ठूलो संख्यामा भेला भएकाले साँझमा सभा गर्ने भन्दै उनीहरुलाई आश्वासन दिएको स्रोतले भारदहबाट अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment