Comments Add Comment

आन्दोलन एक घण्टाका लागि पनि रोकिँदैन : थारु नेता

१० भदौ, काठमाडौं । थरुहट आन्दोलनको संयोजन गरिरहेको थारु कल्याणकारिणीले सभाले एक घन्टाका लागि पनि आन्दोलन नरोकिने बताएको छ । साथै उनले ससर्त मात्र वार्तामा बस्ने जवाफ दिएको छ ।
Raj-kumar-lekhi
थारु आन्दोलन चर्किँदै गएर सोमबार टीकापुरमा एसएसपीसहित सात सुरक्षाकर्मीको मृत्यु भएपछि प्रमुख दलहरु थारु आन्दोलनको राजनीतिक समाधान खोज्न तयार भएका थिए । चार दलको सहमति अनुसार प्रधानमन्त्री सुशील कोइरालाले मधेसी मोर्चा, थारु कल्याणकारिणी सभा लगायतको थरुहट थारुवान संयुक्त संघर्ष समिति लगायतलाई वार्तामा आहृवान गरेका छन् ।

थारु नेता एवं जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले सरकारले अझै वार्ताको वातावरण नबनाएको अनलाइनखबरलाई बताए । उनले भने-औपचारिक चिठ्ठी आएको छैन र सरकारले वार्ताको वातावरण बनाउने कामलाई नजरअन्दाज गरेको छ ।’

संघर्ष समितिले वार्ताका लागि सेना परिचालन रोक्नु पर्ने, पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्नु पर्ने, कफ्र्यू हटाउनु पर्ने, घाइतेहरुको उपचार व्यवस्था सरकारले गर्नु पर्ने लगायतमा सर्त अघि सारेका छन् । लेखीले भने-‘हामी केवल प्रधानमन्त्रीको मुख हेर्न मात्र वार्तामा बस्दैनौं । सार्थक वार्ताको पक्षमा छौं ।’

थारु समुदायको आन्दोलन तुहाउन टीकापुर घटनामा अखण्ड सुदूरपश्चिम पक्षधर नेता र सरकारले नै घुसपैठ गराएको भन्दै उनले आन्दोलन नरोकिने बताए । उनले भने-‘हाम्रो आन्दोलन एक दिन, एक घन्टाका लागि पनि रोकिँदैन । सार्थक वार्ता भएपनि सहमति नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment