Comments Add Comment

वार्ताका लागि थारु आन्दोलनकारीले राखे सातबुँदे सर्त

१२ भदौ, काठमाडौं । वार्ताका लागि सातबुँदे सर्त राख्ने थरुहट थारुवान संयुक्त संघर्ष समितिले सरकारलाई जवाफ पठाएको छ ।

Raj-kumar-lekhiप्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि तीन दिनको समय दिएर संघर्ष समितिलाई पत्रचार गरेका थिए । प्रधानमन्त्रीले दिएको समयसीमाको अन्तिम दिन शनिबार संघर्ष समितिले जवाफ पठाएको हो ।

‘वार्ताको वातावरण बनाउन सात वटा बुँदा राखेर प्रधानमन्त्रीलाई जवाफ पठाएका छौं’ थारु नेता राजकुमार लेखीले अनलाइनखबरसँग भने-‘तत्काल वार्ता हुने संकेत छैन ।’

थरुहट तराई पार्टीका सभासद गोपाल दलितका अनुसार संघर्ष समितिले कैलाली, बर्दिया लगायतका क्षेत्रमा तैनाथ सेना फिर्ता गर्नु पर्ने, दंगाग्रस्त क्षेत्र घोषणा र कर्फ्यू हटाउनु पर्ने, पक्राउ परेकाहरुलाई रिहा गर्नु पर्ने लगायतका माग राखिएको छ ।

थरुहट प्रदेशको माग गर्दै भइरहेको आन्देालनमा एमाले बाहेकका दलका थारु सभासद पनि संलग्न छन् । तर, आन्दोलनका क्रममा गत सोमबार टीकापुरमा भएको हिंसात्मक झडपमा एसएसपीसहित सात सुरक्षाकर्मीको मृत्यु भएपछि कैलाली तनावग्रस्त छ ।

कर्फ्यूकै बीच थारु समुदायको घर, पसलमा आजगनी गरेपछि साम्प्रदायिक हिंसाको डर स्थानीयमा छ । कर्फ्यू लगाएर सेना परिचालन गरिएपनि मानिसहरुमा त्रास हटेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment