Comments Add Comment

दिमागले कहिले गर्छ काम ? अब बताइदिनेछ आफ्नै मोबाइलले

mobileमानिसको मनस्थिति सधै एकनाशको हुँदैन । कहिलेकाहीँ मन स्थिर हुँदैन, दिमागले राम्रोसँग काम गरिरहेको हुँदैन अनि मानिसले राम्रोसँग सोँच्न, सम्झिन तथा काम गर्न सक्दैन ।

जब दिक्क लाग्छ, काम बिगि्ररहन्छ तब हाम्रो दिमागले राम्रोसँग काम नगरिरहेको कुराको अनुभुति हुन्छ । तर ठ्याक्कै कुन समयमा हाम्रो दिमाग सही ठाउँमा आउँछ, तनाब हराउँछ र चाहेको काम गर्न सकिन्छ ? भन्ने कुरा भने थाहा हुँदैन । अब भने यो विषयमा चिन्ता लिनु नपर्ने भएको छ र आफ्नो दिमागले कुन बेला सही तरिकाले काम गर्छ भन्ने कुरा थाहा पाउन सकिने भएको छ ।

यो बारेमा जानकारी दिने काम कुनै ज्योतिषीले गर्ने होइन, एउटा मोबाइल एपले गर्नेछ । मू क्यू ःयय-त्त नामको यो मोबाइल एपले तपाइँको दिमागले राम्रोसँग काम गर्ने सबैभन्दा उत्तम समय पत्ता लगाएर बताइदिनेछ ।

कसरी बताउँछ उत्तम मुहुर्त ?

तपाइँको मस्तिष्कले दिनमा कुन समय सबैभन्दा राम्रो काम गर्छ भन्ने जानकारी प्रदान गर्नका लागि मू क्यू ले तपाइँसँग केही प्रश्नहरु सोध्दछ । यो एपले तपाइँलाई दिनको कुनैपनि समय सोध्न सक्छ की तपाइँले सकारात्मक वा नकारात्मक कस्तो महसुस गरिरहनु भएको छ । त्यसपछि यसले तपाइँको मानसिक परीक्षणको आधारमा दिमागको गति तथा स्मरणको आँकलन गरी यस बारेमा तपाइँलाई बताउँछ ।

यतिमात्र होइन यो एपले तपाइँको दिमागका के परिवर्तन भैरहेको छ भन्ने कुराको पनि जानकारी दिनेछ । साथै मेमोरी तथा प्रोसेसिंग स्पीडमा भैरहेको परिवर्तनका विषयमा पनि बताउनेछ । साथै यसले तपाइँको दिमागको व्यायाम गर्नमा पनि सघाउ पूराउनेछ ।

चार्ट बनाउन पनि सकिन्छ

मू क्यू एपले तपाइँको दिमागका बारेमा दिने परीक्षण नतिजाको चार्ट पनि बनाउन सक्नुहुन्छ । यस्तो चार्ट दैनिक, साप्ताहिक तथा मासिक रुपमा दिमागको क्षमता तथा मूडको विश्लेषणका आधारमा तयार हुन्छ ।

दुखको कुरा यो एप अहिले केवल एप्पलको आइओएस अपरेटिङ सिस्टमवाला ग्याजेट प्रयोगकर्ताले मात्र डाउनलोड गर्न सक्छन् । एन्ड्रोइड प्रयोगकर्ताका लागि भने यो उपलब्ध छैन । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment