Comments Add Comment

आफ्नी प्रेमिकालाई ताकेको भन्दै साहुका छोराको हत्या

Mantu-And-Ranjit

१८ भदौ, काठमाडौं । आफ्नी प्रेमिका ताकेको भन्दै राजधानीको एक फर्निचर पसलमा काम गर्ने एकजना भारतीय युवकले आफ्नै साहुका छोराको हत्या गरेका छन् ।

बिहीबार साँझ काठमाडौंको बौद्ध टुसालस्थित बीएम फर्चिनरका सञ्चालक उमेश शर्माका छोरा २० वर्षका मन्टु शर्माको हत्या भएको हो । काठ छेड्ने राँबोले घाँटीमा रोपेर हत्या गरिएको अवस्थामा शर्माको शव भेटिएको थियो ।

हत्या आरोपमा बीएम फर्निचरका हेड मिस्त्री भारत मोतिहारीका २२ वर्षका रञ्जित शर्मा पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

प्रहरी अनुसन्धान अनुसार महिलाको विषयलाई लिएर रञ्जितले मन्टुको हत्या गरेको पाइएको छ ।

अभियुक्त रञ्जित र बीएफ फर्निचरका सञ्चालक उमेश दुबै भारतीय नागरिक हुन् । रञ्जित ०६९ सालमा काठमाडौं आएर बीएफ फर्निचरमा हेल्परका रुपमा काम थालेका थिए ।

एक वर्ष काम गरेपछि मिस्त्री भएको तर, तलव नबढाएको भन्दै उनले काम छाडेर बौद्धस्थित होटलमा काम गरे । तर, तलब बढाइदिने आश्वासन पाएपछि हेड मिस्त्री हबनेर काम गर्न सहमत भएका थिए । फर्निचर सञ्चालक उमेश भारत गएपछि मन्टुले फर्निचरमा काम गर्दै आएका थिए ।

गत साल मंसिरमा एक महिला रञ्जितफमार्फत फर्निचरमा रंग लगाउने काम गर्न थालिन् । कम गर्ने क्रममा रञ्जित र ती महिलाबीच प्रेम सम्वन्ध बनेको र बेलाबेला शारीरिक सम्पर्क समेत हुने गरेको पाइएको छ ।

तर, बिहीबार साँझ साहुको छोरा मन्टु शर्मा र ती महिला कारखानामा नदेखेपछि रञ्जितले शंका गरे । झण्डै एक घन्टापछि दुबैजना माछा लिएर आएको र खाना बनाउने क्रममा मन्टुले आफूलाई कि उक्त महिलालाई छाड कि मलाई मार, नत्र तपाई मान्छु’ भनेको रञ्जितले प्रहरीसमक्ष बयान दिएका छन् ।

खाना खाएपछि सँगै सुतेका रञ्जितले राँबोले रोपेर मन्टुको हत्या गरे । घटनामा आफूलाई शंका नहोस् भनेर उनले मन्टुका बुबा उमेश सुत्ने कोठाको झ्यालको जाली च्यातेर चोर आएको र मन्टुको हत्या गरेको बताए ।

तर, अनुससन्धानका क्रममा रञ्जितले नै हत्या गरेको खुलेको छ र उनले अभियोग स्वीकार गरेका छन् । उनलाई थप कारबाहीका लागि महानरीय प्रहरी वृत्त बौद्ध पठाइएको अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment