Comments Add Comment

अखण्ड बाग्लुङको माग गर्दै सडकमै सुते आन्दोलनकारी

Baglung

सुवास आचार्य

१९ भदौ, बाग्लुङ । अखण्ड बाग्लुङको माग गर्दै आन्दोलनकारी शनिबार सडकमै सुतेका छन् । लोकतान्त्रिक चोकमा पत्रिका ओछ्याएर आन्दोलनकारीहरु सडकमा सुतेका हुन् ।

दुई सातादेखि निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दा समेत सुनुवाइ नभएको भन्दै उनीहरुले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

सिंगो बागलुङ जिल्लालाई प्रदेश नम्बर ४ मा समावेश गर्नुपर्ने माग गर्दै १४ दिनदेखि आन्दोलन भइरहेको छ । सात प्रदेशको सीमांकनमा बाग्लुङ जिल्लालाई दुई प्रदेशमा विभाजन गरिएको छ ।

६ गतेदेखि शुरु भएको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । बजारसँगै यातायातका साधनहरु पूर्णरुपमा बन्द हुँदा गाउँ गाउँमा खाद्यान्नको समेत अभाव हुन थालेको छ ।

दुई सातादेखि निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दा समेत सुनुवाइ नभएको भन्दै उनीहरुले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

अखण्ड बाग्लुङको माग गर्दै शनिबार राजधानीमा पनि प्रदर्शन भएको छ ।

Akhanda Baglung protest At KTM (8)

Akhanda Baglung protest At KTM (2)

Akhanda Baglung protest At KTM (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment