Comments Add Comment

कतारमा ‘लभ यू बाबा’को प्रदर्शन

घनश्याम पराजुली

love-you-baba

दोहा । कतारमा शुक्रबार प्रदर्शन भएको नेपाली चलचित्र ‘लभ यू बाबा’ले दर्शकको मन छोएको छ । गजित विष्ट र सौगात विष्टको अभिनय यहाँका दर्शकहरुले मन पराए । बाबु र छोरीको कथामा अभिनय गरेको कलाकारहरुसँग चलचित्र हेरेका दर्शकहरुका आसुँ थामिएनन् ।

पारिवारिक कथामा बनेको चलचित्रलाई सानै उमेरमा चलचित्र निर्देशन गरेर गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउन सफल बनेका ८ बर्षिय सौगात विष्टले निर्देशन गरेका हुन । सिनेमा घरमा दर्शकहरुलाई सम्बोधन गर्दै उनले भने ‘कतारमा चलचित्र प्रदर्शन गर्ने अवसर मिलेको छ यो नै मेरो लागि ठुलो सम्मान हो ।’ दर्शकहरुको तालीसँगै उनले चलचित्र शुरु भएको थियो ।

सानो बालक जसले एउटा परिपक्व मानिसको भन्दा उत्कृष्ट शब्दहरु बोलिरहदा दर्शकहरुले पर्दामा हेरिरहेका थिए तर उनको वास्तविक स्वर भएको थाहा भएपछी सबै चकित बने ।

सनैयाको ग्राण्ड मल नजिकै रहेको एसियान सिनेमा घरमा प्रर्दशन भएको उक्त चलचित्रले कतारमा समेत राम्रो समिक्षा पायो । उक्त चलचित्रलाई सम्झना पोख्रेलले निमार्ण गरेकी हुन । नेफ्टा फिल्म अवार्डका लागि चलचचित्र ‘लभ यू बाबा’को टिम कतारमा आएको थियो । सोही अवसर पारेर आफ्नो चलचित्र प्रदर्शनका लागि कलाकारहरु एक हप्ता थप कतारमा बसेका हुन ।

गजित विष्ट, संगम विष्ट, निष्मा घिमिरे, अशिष्मा नकर्मी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई व्यराज सुबेदीको छायांकन, गम्भिर विष्टको नृत्य निर्देशन, चन्द्र पन्तको दन्द्ध निर्देशन र कथा नायक गजित विष्टको नै हो ।

यस्ता धेरै दर्शकहरुले पारिवारिक माया र रोदनको संगालो अनुभव गर्ने अवसर चलचित्र ‘लभ यू बाबा’ ले दियो । नायक गजित विष्टले संचारमन्त्री मिनेन्द्र रिजाल कतार आउदा नेपालमा समेत यो चलचित्र पुनः प्रदर्शनको वातावरण मिलाईदिन आग्रह गरेका थिए । सानै उमेरमा निर्देशक बनेका उनका छोरा संगम विष्टले गिनिज बुक अफ द वल्ड रेकर्डमा नाम लेखाउन सफल बने तर नेपालमा कुनै प्राथमिकता नपाएको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment