Comments Add Comment

एक ट्यांकर तेल पनि नेपाल आएन, नाकामा भारतको थप कडाइ

फाइल तस्वीर
फाइल तस्वीर

 

१७ असोज, काठमाडौं । भारतले अघोषित नाकाबन्दी खोलेको दाबी गरे पनि आइतबार दिनभर इन्धन बोकेका एउटा पनि ट्याकर नेपााल भित्रिएनन् । तेल भरेर जाँच पासका लागि नेपाल आयल निगमका करिव १ सय ७० वटा बढी तेल ट्यांकर र २ सय ५० वटा ग्यास बुलेट भारतीय भन्सार नाकामा प्रतिक्षारत भए पनि आइतबार तीमध्ये एउटैले नेपाल प्रवेश गर्न पाएनन् ।

तेल भर्न गएका निगमका खाली ट्याकंर सबैलाई भारतले तेल नदिने भनेपछि निगमले तेलको लोडिङ नै बहिस्कार गरेको छ ।

भारतीय विदेश मन्त्रालयले आफ्ना सम्वद्ध निकायलाई अघोषित नकाबन्दी खोल्न निर्देशन दिएको बताए पनि भारतीय नाकामा थप कडाइ भएको भन्सार अधिकारीहरु नै बताउँछन् । सहज रुपमा सञ्चलनमा रहे पनि काँकडभिट्टा र नेपालगञ्ज नाकाबाट एउटा पनि पेट्रोलियम ट्याकंर र ग्यास बुलेट नेपाल आएका छैनन् । अन्य मुख्य नाकामा भारतीय भन्सारको अवरोध संगै मधेसी मोर्चाका कार्यकर्ताको धर्ना पनि जारी छ ।

भैरहवाको बेलहिया नाकामा दिउँसोसम्म मधेसी मोर्चाको अवरोध नभए पनि भारतीय भन्सारले एउटा पनि पेट्रोलियम ट्यांकर नेपाल नपठाएको बेलहिया भन्सारले जनाएको छ । दिउँसो १ बजेदेखि भने बेलहिया नाकाको दशगजा क्षेत्रमा मोर्चाका कार्यकर्ताले अवरोध सिर्जना गरेका छन् । अवरोध नहुँदासम्म ४२ वटा मालबाहक गाडी नेपाल आएको भैरहवाबाट भन्सार प्रमुख लाबण्य ढकालले जानकारी दिए ।

यस्तै काँकडभिट्टाको मेची भन्सार नाकाबाट दिनभरमा २८ वटा गाडी नेपाल प्रवेश गरेका छन् । यस्तै नेपालगञ्जको जमुनाह नाकाबाट १० वटा गाडी नेपाल भित्रिएको भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए ।

यी नाकाहरुबाट दिनभरमा धेरैजसो तरकारी, फलफूल र औद्योगिक कच्चा पदार्थ बोकेका गाडी भित्रिएका छन् । ‘नाकाबन्दी खुलेको भनेर हल्ला भए पनि हिजो अस्ति भन्दा केही फरक रिर्पोट छैन । हामीले भारतीय भन्सार अधिकारीलाई कुरा गर्दा आफुहरुलाई माथिबाट कुनै निर्देशन नआएको भन्छन्,’ एक नेपाली भन्सार अधिकारीले भने-‘नाकाबन्दी खोलिएको हैन, थप कडाइ भएको अनुभव भइरहेको छ ।’

बिराटनगरको रानी भन्सार नाकामा आइतबारदेखि सहज रुपमा भन्सार जाँचपास गर्ने सहमति भए पनि भारतीय भन्सारले दिनभरिमा एउटा पनि गाडी नेपाल पठाएन । बिराटनगर नाकामा मधेसी मोर्चाका कार्यकर्ताहरु पनि धर्नामै छन् । उनीहरुले कुनै पनि हालतमा नाकाको धर्ना नछोड्ने बताएका छन् ।

उता वीरगञ्ज नाकामा पनि अवरोध कायमै छ । यद्यपि भारत सरकारले नै वीरगञ्ज नाकाबाट तत्काल आयात-निर्यात सुचारु नहुने जनाउ दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment