Comments Add Comment

‘होस्टेल रिटर्न्स’का नायिकालाई पत्याएनन् निर्देशकले

shristhi-and-suraj
चलचित्रको व्यापार सन्तोषजनक देखिएको अवस्थामा धमाधम एकपछि अर्को चलचित्र घोषणा भैरहेका छन् । चलचित्र क्षेत्रमा चलेका ब्यानरदेखि नयाँ निर्माताले समेत चलचित्र बनाउन लागिपरेका छन् ।

केही दिन अगाडि सार्वजनिक नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठलाई लिएर निर्देशक हेमराज वीसीले ‘गाजलु’ बनाउन लागेको चर्चालाई निर्माता बन्न लागेका रोहित अधिकारीले पुष्टी गरेका छन् । रोहित अधिकारी फिल्मस्को ब्यानरमा वीसी मोसन पिक्चर्सले सहकार्य गर्दै ‘गाजलु’ बनाउन लागेको हो । चलचित्रमा अनमोल केसी, श्रृष्टी श्रेष्ठ र गौरव पहारी देखिनेछन् ।

कात्तिकको ११ गतेबाट यो चलचित्र छायांकनमा जाने भएको छ । यस्तै, निर्देशक सुरज भुषालले पनि नयाँ चलचित्र बनाउन लागेका छन् । चलचित्र ‘होस्टेल रिटर्न्स’का मुख्य कलाकार सुशिल श्रेष्ठ, अभय बराल, सुनिल सिटौला, नाजिर हुसेनलाई लिएर उनले नयाँ चलचित्र आफ्नै लगानीमा बनाउन लागेका हुन् ।

उनले ‘मौन’ चलचित्रबाट डेब्यू गरेका थिए । असोज २६ गते एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको घोषणा गर्ने सुरजको भनाई छ । चलचित्रका लागि नायिकाको अडिशन तिहारपछि गर्ने तयारी गरेका सुरजले छायांकनको सुरु भने माघमा हुने बताए । वुझ्नमा आए अनुसार ‘होस्टेल रिटर्न्स’का ४ मुख्य पुरुष पात्रलाई दोहोर्‍याएका सुरजले २ नायिका शशी श्रेष्ठ र स्वस्तिमा खड्कालाई भने विश्वास गर्न सकेनन् ।

सुरजले नयाँ अनुहार चाहिने भएकाले नलिएको बताएपनि उनले दुई नायिकाले ‘होस्टेल रिटर्न्स’मा चित्तवुझ्दो काम नगरेकाले नलिएको वुझिएको छ । बटुवाल इन्टरटेन्मेन्टको ब्यानरमा यो अनटाइटल प्रोजेक्टको निर्माण हुनेछ ।

यस्तै, निर्देशक राजु गिरीले पनि चलचित्र ‘परदेश’ बनाउने भएका छन् । यो चलचित्रको आजबाट गीत रेकडिङ सुरु भएको छ । चलचित्रको छायांकन कतारमा हुने राजुको भनाई छ । डिसेम्बरको १५ बाट कतारमा यो चलचित्रको छायांकन हुने राजुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment