+
+
Shares

चिकित्सा विज्ञानले सिकाएको सात तथ्य

न म धार्मिक हुँ, न त आघ्यामिक नै । तर मेरो हृदय मन्दिर हो र मेरो धर्म मेरो व्यवहारमा र मेरो मानवीय गुणमा छ । यानिकि निष्कपटता र इमानदारितामा छ । चिकित्सा विज्ञानले सिकाएको र जीवन सम्वन्धि देखाएको सात तथ्य बाँड्न चाहान्छु । यि कुरा चिकित्सिय रुपमा प्रमाणित गर्न पनि सकिन्छ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १४ गते १२:१९

डा. व्यापक पौडेल

Byapak-Poudelन म धार्मिक हुँ, न त आघ्यामिक नै ।  तर मेरो हृदय मन्दिर हो र मेरो धर्म मेरो व्यवहारमा र मेरो मानवीय गुणमा छ । यानिकि निष्कपटता र इमानदारितामा छ । चिकित्सा विज्ञानले सिकाएको र जीवन सम्वन्धि देखाएको सात तथ्य बाँड्न चाहान्छु । यि कुरा चिकित्सिय रुपमा प्रमाणित गर्न पनि सकिन्छ।

१ म ‘म’ हुँ , सवै आ-आफु नै हो।

प्रमाणः डी एन ए फरक फरक  हुनु

शिक्षाः सम्वन्ध अस्थायी  म हो । आफु अाफु हुनु पर्छ । अरुको नक्कल गर्नु हुन्न ।

म मरे पनि नष्ट हुन्न, अर्कै रुपमा हुनेछु 

प्रमाणः म शक्ति हुँ । जैविक रुपमा मेरो शरिरमा ‘ए टी पी’ छ जसले मेरो शरिर संञ्चालन  भइराखेको छ। भौतिक रुपमा पनि म शक्ति हुँ । E  mc2 अनुसार विकसित हुने सम्भाव्य शक्ति  हुँ। शक्तिको सिद्धान्त अनुसार शक्ति नष्ट हुँदैन। कागत बाल्यो भने पनि खरानी मात्रै हुन्छ नष्ट हुँदैन । यानिकी संसारमा केही कुरा पनि नष्ट हुँदैन।

शिक्षाः म मरे पछि पनि मेरो अस्तित्व रहन्छ तर अर्कै रुपमा। कुन रुपमा हुने कुरा सन्तुलनको सिद्धान्त अनुसार हुन्छ । मरेका पित्रृहरु पनि यहिँनै छन् । हामी देख्दैनौ किनकी हामी अपूर्ण छौँ ।

३ म जे गर्छु त्यो सवै सन्तुलन हुन्छ।

प्रमाणः संसारमा सवै कुरा सन्तुलनमा छ। मेरो शरिर देखि शव्द, आर्थिक कारोवार, आकाशीय पिण्ड, सजिव देखि निर्जिव वस्तु सम्म। मेरो शरिरको सन्तुलन मेरो खानपिन, अाचरण र वातावरणमा भर पर्दछ । सन्तुलित भएन भने मलाई रोग लाग्छ ।

शिक्षाः मैले नराम्रो गरे मलाई राम्रो हुँदैन । किनकि मकै रोपेर धान फल्दैन । त्यसैले मैले जे गरेँ त्यही अनुसारको सन्तुलन भई मेरो रुप तय हुन्छ।

४ म अपुर्ण छु तर म पुर्ण हुन सक्छु । पुर्ण हुने बाटो छ।

प्रमाणः मलाई दिइएको ५ ज्ञ्यानेन्द्रिय अपुग छ । मेरो ज्ञ्यानेन्द्रियले मोवाइल के ले बजाएको हो  भनेर भन्न सक्दैन। मलाई पुष्टि गर्न म भन्दा  वाहिरको रेडियो फ्रीक्वेन्सी डिटेकटरको  आवश्यकता पर्दछ।

पुर्ण हुने बाटोः विवेकको बाटो समातेर जिउनु पर्छ। बाच्नु र जिउनु चिकित्सा विज्ञान अनुसार पनि फरक फरक कुरा हुन।( व्याख्या पछि)

नेपालीले बाच्न पनि जानेको छैन । अरुको लागी देखाउनको लागि मात्र हो ।  आफ्नो लागि होइन । आफ्नोलागि न खान जान्दछ न  लगाउन जान्दछ न त बस्नै जान्दछ । विदेशीले भने बाच्न जानेका छन् । जिउन उनीहरुलाई पनि गाह्रो छ।

नेपालको विकास  गर्न सामाजिक सोचमा परिवर्तन हुन आवश्यक छ।  ठूला ठूला घर, सडक बनाएर मात्रै विकास हुनेवाला छैन।( व्याख्या पछि)

शिक्षाः प्रत्येक दिन नँया कुरा सिक्दै जानु पर्छ।घमण्ड त्याग्नु पर्छ। अपुर्णले घमण्ड गर्नु हुदैन। पुर्ण भएकामा घमण्ड हुन्न। सवैलाइ सम्मान गर्दै जिउन सिक्नु पर्छ।

५ यो संसारमा एउटा मात्रै ध्रुव सत्य छ। अरु सवै सापेक्षिक सत्य हुन्।

प्रमाणः प्राण वायु भनिने अक्सिजन पनि वायुमण्डलिय मात्रामा (२२-२४ प्रतिशतमा) मात्र प्राण वायु हो । यसलाई १०० प्रतिशतमा धेरै समय प्रयोग गरे यसले पनि हानी गर्छ।

शिक्षाः कुनै कुरामा पनि घमण्ड गर्नु हुँदैन।उपलब्धी सापेक्षिक सत्य मात्र हो।

६ मान्छे वेखुसी हुनुको कारण अरुसंग तुलना गर्नु हो।तुलना भनेको के हो भनेर नजानेर हो।

प्रमाणः तुलना भनेको होमोजेनस कुरासंग मात्र  गर्नु पर्छ तथ्याङ्क शास्त्र अनुसार। सवै मान्छे डीएनए को आधारमा फरक फरक हुन् । तुलना गर्दा बेटा एरोर वा टाइप २ एरोर गरिराखेका छौँ। होमोजेनस नभएको कारणले वास्तविक नतिजा आउदैन र हामी वेखुसी हुन्छौँ।

शिक्षाः  आफुसंग मात्र तुलना गर्नु पर्छ।

७ सफलता प्राप्त गर्न ४ वटा सिंडी पार गर्नु पर्छ। पैसाले सफल भैँदैन, ठूलो पनि भैँदैन।

४ सिंडीहरूः

पहिलोः आफु आफु हुने सिंडी यानी निष्कपटता र इमानदारिताको सिंडी

दोस्रोः आफ्नो मर्यादाको रक्षा गर्ने सिंडी

तेस्रोः काम गर्ने सिंडी

चौथोः नतिजा आउने सिंडी

अहिले देखिएको गल्तिः पहिलो सिंडीमा नटेक्नु एकैचोटी तेस्रो वा चौथो सिंडीमा उफ्रिनु

व्याख्या पछि………

निष्कर्षः आफुले आफुलाई चिनौँ र आफु आफु नै हौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?