Comments Add Comment

मोबाइलको प्रयोग कम गर्नुस्, नत्र हुन्छन् यी समस्या

facebook-mobile-more-than-desktopआजकल मोबाइल फोनको प्रयोग जीवनको अभिन्न अंग बनेको छ । आधुनिक दुनियाँमा कसैले मोबाइल फोन बोक्दैन भने त्यो आफैमा आश्चर्य बन्न थालेको छ ।

मानिसहरु हातमा दुई तीनवटा फोन बोकेका देखिन्छन्, जसमा उनीहरु घण्टौसम्म कुरा गर्छन् ।

तर, मोबाइल फोनको अत्यधिक प्रयोगले मानिसको स्वास्थ्यमा नकरात्मक असर गर्ने बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

जसमध्ये एक हो, इलेक्ट्रोम्याग्नेटिक हाइपरसेन्सेटिभिटी (इएचएस) । यसलाई वायरलेस एलर्जी वा ग्याजेट एलर्जी पनि भनिन्छ, यो हाल एउटा अहम् विषय बन्दै गएको छ र यस विषयमा विभिन्न शोध अनुसन्धान भैहरेका छन् ।

?जततउकस्ररभल।धष्पष्उभमष्ब।यचनरधष्पष्रभ्भिअतचomबनलभतष्अ)जथउभचकभलकष्तष्खष्तथश्र

वायरलेस उपकरणको अत्यधिक प्रयोगका कारण इएचएसको समस्या बढ्दै गएको पाइएको छ । यो रोगबाट ग्रस्त मानिसमा टाउको दुख्ने, थकान लगायतका लक्षण देखिने गरेको पाइन्छ ।

वैज्ञानिकहरुका अनुसार इलेक्ट्रोम्याग्नेटिक विकिरण उत्पादन गर्न वायरलेस उपकरणको प्रयोगबाट यस्तो समस्या पैदा हुन्छ । मोबाइल फोन सिग्नल, वाइफाइ हटस्प्ट्स, ट्याबलेट, मोबाइल फोन, ल्यापटप जस्ता वाइफाइ उपकरणको प्रयोगले ग्याजेट एलर्जीको समस्या पैदा गर्ने गरेको छ ।

यो विवादास्पद मामिला विशेषरुपमा तब चर्चामा आयो जब फ्रान्सको एक अदालतले एकजना ३९ वषर्ीया महिलालाई इएचएसबाट पीडित भएको उजुरीमा सुनुवाइ गर्दै विकलांगता भत्ता दिनुपर्ने आदेश जारी गर्यो । साथै उनलाई वाइफाइ तथा इन्टरनेटबाट टाढा ग्रामीण इलाकामा बस्न पनि आदेश दिइयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार इएचएसको निदानको कुनै स्पष्ट उपाय छैन र यसको कारण हुने रोगका लक्षणसँग इलेक्ट्रोम्याग्नेटिक क्षेत्रसँग सम्बन्ध भएको कुरामा समेत कुनै वैज्ञानिक आधार समेत छैन । तथापि डब्लुएचओले भनेको छ की यसका लक्षणहरु वास्तविक हुन् र यसको गम्भीरता भिन्न हुनसक्छ । कारण भलै जे सुकै होउन् तर इएचएसबाट प्रभावित व्यक्तिका लागि त्यो कष्टदायी हुन्छ ।

इएचएस र मोबाइल फोन उपयोगको सम्बन्धका बारेमा अध्ययन गर्ने भारतीय विशेषज्ञहरुका अनुसार वायरलेस प्रविधिको प्रसारका साथै यससँग जोडिएका समस्या सम्बन्धी गुनासोमा पनि वृद्धि भएको छ । मोबाइल फोन तथा अन्य उपकरणको अत्यधिक उपयोगका कारण रेडियो पि|mक्वेन्सी इलेक्ट्रोम्याग्नेटिक रेडियसनको जोखिमको स्तर कैयौँ गुणा बढेको छ । यसका कारण हुने इएसएसका लक्षणहरुमा टाउको दुख्ने, बेचैनी, निद्रामा अनियमितता, थकान तथा तनाव आदि रहेका छन् ।

वैज्ञानिकहरुका अनुसार मोबाइलबाट निस्किने इलेक्टोम्याग्नेटिक विकिरणले मानिसको आनुवंशिक स्तरमा पनि निकै नोक्सान पूराउन सक्छ यदि यसको सम्पर्कमा रहने समय तथा स्तर उच्च भयो भने । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment