Comments Add Comment

नाकाबन्दी इन्कार गर्दै भारतले भन्यो- हामीलाई होइन, नेपाल सरकारलाई नै सोध

Vikas-Swarup

३ मंसिर, काठमाडौं । भारतले नेपालमाथि नाकाबन्दी लगाएको प्रधानमन्त्री केपी ओलीको आरोप अस्वीकार गरेको छ ।

बिहीबार दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकासस्वरुपलाई भारतीय पत्रकार आदित्यले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधनका क्रममा नाकाबन्दी नगर्न भारतलाई आग्रह गरेकोबारे प्रश्न गरेका थिए ।

तर, प्रवक्ता स्वरुपले पुरानै अडान दोहोर्‍याए । उनले भने-‘भारतले नाकाबन्दी लगाएको भनेर लगातार प्रश्न आउन गरेको छ । र, मैले भन्दै आएको छु कि त्यहाँ भारतले कुनै नाकाबन्दी गरेको छैन ।’

स्वरुपले अघि भने- ‘मलाई लाग्छ, यो प्रश्न अब नेपाल सरकारलाई सोध्नुपर्छ, भारत सरकारलाई होइन । फेरि एकपटक दोहोर्‍याउन चाहन्छु, भारतले कुनै नाकाबन्दी गरेको छैन ।’

विदेश मन्त्रालयका प्रवक्ताले नेपालले सामना गरिरहेको समस्या राजनीतिक र आन्तरिक भएको बताए । उनले भने- ‘नेपाली नेताहरुले असन्तुष्ट पक्षसँग वार्ता र सम्वाद गरेर समस्या समाधान गर्नुपर्छ ।’

यदि नेपालले सामना गरिरहेको राजनीतिक चुनौती समाधान गए आन्दोलन अन्त्य हुने स्वरुपले विश्वास गरे ।

इन्धन र औषधि अभाव हुनुमा भारत नभई सीमानाकाहरुमा नेपाली पक्षले गरेको आन्दोलन नै कारक भएको भारतले दोहोर्‍याएको छ । साथै उसले नेपालमा औषधि अभाव हुन नदिन रिरुटिङ वा एयर लिफ्टका लागि नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको समेत स्पष्ट पारेको छ । 

सुनौली र पानीट्यांकी नाका सुचारु रहेको र दैनिक ४०० देखि ८०० गाडी नेपाल जाने गरेको तथ्यांक विदेश मन्त्रालयका प्रवक्ताले प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment