Comments Add Comment

मध्यान्हसम्म २९ ट्यांकर इन्धन नेपाल भित्रियो

Biratnagar-Vansar

१० मंसिर, काठमाडौं । बिहीबार मध्यान्हसम्म विभिन्न नाका भएर २९ ट्यांकर इन्धन नेपाल भित्रिएको छ । विराटनगरको जोगवनी नाका भएर बिहीबार मध्यान्हसम्म २३ ट्यांकर इन्धन प्रवेश गरेका छन् ।

२० ट्यांकर डिजेल र ३ ट्यांकर पेट्रोल नेपाल प्रवेश गरेका हुन् । विराटनगर मध्यान्हसम्म ८२ वटा मालवाहक सवारी नेपाल प्रवेश गरेको विराटनगर भन्सारले जनाएको छ ।

नेपालगञ्ज नाकाबाट मध्यानहसम्म ५ वटा हवाइ इन्धनका ट्याकंर नेपाल प्रवेश गरेका छन् । बुधबार नेपालगञ्जबाट २८ ट्यांकर डिजेल ५ वटा हवाइ इन्धन र दुईवटा ग्यास बुलेट नेपाल आएका थिए ।

एक हप्तादेखि असहज भएको भैरहवा नाका अझै सामान्य अवस्थामा फर्किन सकेको छैन । मध्यान्हसम्म भैरहवाबाट एउटा पनि इन्धनका गाडी नेपाल आएका छैनन् ।

भैरहवाबाट बुधबार ६ बुलेट ग्यास प्रवेश गरेका थिए । सुनौलीमा झण्डै ७० वटा ग्यास बुलेट रोकिएका छन् । काँकडभिट्टाको मेची भन्सारबाट मध्यान्हसम्म १ गाडी डिजेल मात्र नेपाल आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment