Comments Add Comment

ऋतिकलाई लिएर कबिरले फिल्म बनाउने

hritik roshan kabirमुम्बई । सन २०१५ को चर्चित फिल्म ‘बजरंगी भाइजान’ का निर्देशक कबीर खानको नयाँ फिल्ममा ऋतिक रोशनले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् ।

गोवामा भईरहेको अन्तराष्ट्रिय फिल्म महोत्सबमा कबिरले भने ‘अहिले फिल्मको पटकथामा काम भइरहेको छ । निर्माता साजिद नाडियाडवाला हुनेछन् भने नायक ऋतिक ।’

गएको जुलाइमा रिलिज भएको ‘बजरंगी भाइजान’ बक्स अफिसमा काफी सफल भएको थियो । तर, उनकै निर्देशन रहेको अर्को फिल्म ‘फयान्टम’ ले भने राम्रो ब्यापार गर्न सकेको थिएन ।

ऋतिक अहिले आशुतोष गोवारिकरको निर्देशनमा बनेको फिल्म ‘मोहनजोदडो’ मा ब्यस्त छन् । यस फिल्मको काम सकिए लगत्तै ऋतिक कबिरको फिल्ममा ब्यस्त हुनेछन् ।

कबिरसंग काम गर्ने भएपछि आफु उत्साहित भएको प्रतिक्रिया ऋतिकले यसअघि नै दिएका छन् । ‘कबिरसँग काम गर्न उत्साहित छु ।’ उनले भने । अन्य कलाकारको वारेमा भने निर्देशकले केही जानकारी दिएका छैनन् । फिल्मको सुटिङ नयाँ वर्षदेखि सुरु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment