Comments Add Comment

नाकाबन्दी र तेल अभावका विच सुरु भयो ‘गाजलु’, अनमोल र श्रृष्टीको रोमान्स

anmol-and-shresthi
यतिबेला देशभर तेलको अभाव छ । तेल अभावले सवारी साधन आवतजावतमा पनि समस्या देखिएको छ । तर, पनि नेपाली चलचित्रका निर्माताहरुले भने आफ्नो चलचित्रको छायांकन रोकेका छैनन्, कतिले सुरु पनि गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा भित्रिएका नयाँ निर्माता रोहित अधिकारीले अभावका वावजुत पनि चलचित्र ‘गाजलु’को काम सुरु गरेका छन् । हेमराज वीसीले निर्देशन गर्ने प्रेमकथाको यो चलचित्रमा नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले अभिनय गर्नेछन् । यसैले पनि यो चलचित्र छायांकनमा नजादै प्रतिक्षामा छ ।

चलचित्रमा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान, गौरी मल्ल लगायतका कलाकारको पनि अभिनय रहनेछ । निर्माता अधिकारीले आजबाट छायांकन सुरु गरिएको जानकारी दिदै भने-‘हाम्रो चलचित्र दर्शकका लागि प्रतिक्षामा छ । यसैले हामी उत्कृष्ट मेकिङमा ध्यान दिनेछौ ।’

चलचित्रको छायांकन ४५ दिनमा सक्ने योजना निर्माणपक्षको छ । चलचित्रको छायांकन दामन, काठमाण्डौ, भक्तपुर लगायतका स्थानमा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment