Comments Add Comment

बिल्बाओका गोलकिपरलाई रातो कार्ड, स्वरेजको हृयाट्रिक

Suarez-(1)
४ माघ, काठमाडौं । लुइस स्वरेजको हृयाट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको बिल्बाओमाथि सहज जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित बिल्बाओलाई ६-० ले पराजित गरेको हो ।

बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा एथ्लेटिको बिल्बाओ चौथो मिनेटमा नै १० खेलाडीमा सीमित भयो । लुइस स्वरेजलाई लडाएपछि उसका गोलकिपरले रातो कार्ड पाए भने बार्सिलोनाले पेनाल्टी पायो । जसमा लिओनल मेस्सीले गोल गरे ।

३१ औं मिनेटमा स्वरेजको पासमा नेयमारले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफमा भने स्वरेज चम्किए ।
४७ औं मिनेटमा उनले गोल गरे । ६२ औं मिनेटमा राकिटिकले गोल गरेपछि बार्सिलोना ४-० को अग्रता लिन सफल भयो ।

६८ औं मिनेटमा दोस्रो गोल गरेका स्वरेजेल ८२ मिनेटमा हृयाट्रिक पुरा गरे । जितसँगै बार्सिलोनाले लिग लिडर एथ्लेटिको मड्रिडमाथि दबाव बढाएको छ ।

एथ्लेटिको मड्रिड २० खेलबाट ४७ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ४५ अंक छ र उसले एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment