Comments Add Comment

आहा ! रारा गोल्डकप आजदेखि सुरु

14th-Rara-Gold-cup

सन्देश श्रेष्ठ

५ माघ, पोखरा । आहा ! रारा गोल्डकप प्रतियोगिता मंगलबारदेखि पोखरामा शुरु हुँदैछ । माघ १६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने १४ औं आहा ! रारा गोल्ड कपको आज दिउँसो एक बजे पोखरा रंगशालामा आयोजित एक विशेष कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गर्ने आयोजक सहारा क्लवले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लव पोखरा र नव जनजागृति युथ क्लव सिमरा भिड्दैछन् । गत वर्ष १३ औं संस्करणको उद्घाटन खेलमा पनि यी दुई क्लव आमनेसामने भएका थिए । जसमा आयोजक सहारालाई हराउँदै सिमरा क्वाटरफाइनलमा प्रवेश गरेको थियो । ठीक एक वर्षपछि आयोजक सहाराले सोही प्रतिद्वन्द्वी पाउँदा बदला लिने मौका पाएको छ ।

आजको खेलमा दुबै टीमले अफ्रिकी मूलका ३/३ जना विदेशीसहित युवा खेलाडी उतार्ने बताएका छन् । सहाराका प्रशिक्षक किरण श्रेष्ठ र सिमराका म्यानेजर शम्भुसिंह ठकुरी दुबैले आजको खेल जित्ने दाबी गरेका छन् ।

प्रतियोगितामा ३ विदेशी टीमसहित १२ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा भारतको ईण्डियन आर्मी गोर्खा बि्रगेड टीम र युनाईटेड सिक्किख फुटवल क्लव, बंगलादेशको रहमतगञ्ज एमएफ सोसाईटी सहभागि हुँदैछ । त्यस्तै विभागीय क्लवहरु त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्रको एपीएफ क्लव तथा नेपालका ए डिभिजनका क्लवहरु रुस्लान थ्रीस्टार क्लव, लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्गदी क्लव, नव जनजागृति युवा क्लव सिमरा, रमपम झापा ११, आयोजक सहारा क्लव पोखरा र जावलाखेल युथ क्लव सहभागि छन् ।

प्रतियोगिताको उपाधि बिजेताले पाँच लाख एक हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपबिजेताले दुई लाख ५१ हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।

प्रतियोगिताबाट करिब २० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको क्लवले जनाएको छ । प्रतियोगितामा ९९ लाख ९२ हजार रुपैयाँ कुल संकलन गरेर ७९ लाख ६२ हजार ३ सय रुपैयाँ खर्च गरेर २० लाख २९ हजार ७ सय रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको प्रतियोगिता संयोजक केशबहादुर थापाले बताए ।

दर्शकलाई एक तोलाको सुनको सिक्का

क्लवले प्रतियोगितामा सहभागि एक जना दर्शकलाई एक तोलाको सुनको सिक्का प्रदान गरिने भएको छ । प्रतियोगिता अवधी भरमा टिकट काट्ने दर्शक मध्येबाट एक जनालाई गोलाप्रथा गरी सहारा हङकङको प्रायोजनमा एक तोलाको सुनको सिक्का, सिजी ग्रुपले एलजी टिभी प्रदान गर्ने क्लवले जनाएको हो ।

त्यस्तै प्रतियोगिता अवधिमा प्रत्येक दिन गोलाप्रथाद्वारा एक जना दर्शकलाई माइक्रो म्याक्स मोवाइल पनि छुट्टै प्रदान गरिने प्रतियोगिता मूल आयोजक समितिका सदस्य सचिव केशवराज बरालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment