१२ फागुन, काठमाडौं । तारा एयरको विमान म्याग्दीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालक दलका तीन सदस्यसहित सबै २३ जनाको मृत्यु भएको छ ।
बुधबार विहान ७ बजेर ५७ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटमा सम्पर्कबिहीन भएको थियो । विमानमा चार दलका तीन सदस्य र दुई बच्चासहित २० जना यात्रु थिए ।
विमान सम्पर्कबिहीन भए लगतै पोखराबाट निजी हेलिकोप्टर र काठमाडौंबाट सेनाको हेलिकोप्टर परिचालन गरिएको थियो ।
स्थानीयबासीले म्याग्दीको दानामा दुर्घटना भएको आशंका गरे । विमानमा रहेका एक यात्रुका आफन्तले विहान ९ बजेतिर फोन लागेको बताएपछि फोन ट्रास गरेर पनि खोजी सुरु भयो । तर, शंकास्पद घोप्टेभीर, रुप्से झरना लगायतका क्षेत्रमा बादल लागेकाले हेलिकोप्टरबाट खोजी प्रभावकारी हुन सकेन ।
मध्याहृन काब्रोबाट गएको प्रहरी र स्थानीयबासीको टोलीले दाना गाविसको केकरबुट्टा भन्ने जंगलमा विमान दुर्घटनाग्रस्त भेटियो ।
प्रहरीसँगै घटनास्थल पुगेका स्थानीय शिक्षक श्यामबहादुर पुनले अनलाइनखबरलाई बताए अनुसार घटनास्थलम पुग्दा विमान टुक्राटुक्रा भएको अवस्था थियो भने आगो बलिरहेको थियो ।
केही शवहरु बाहिर थिए । तर, सुरुमा हवल्दार र प्रहरी जवान र केही स्थानीयमात्र पुगेकाले उद्दार सम्भव भएन । मात्र दुर्घटना भएको पुष्टि भयो । पछि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेपनि मौसमले साथ दिए ।
पटक पटक प्रयास गर्दा पनि हेलिकोप्टर घटनास्थलमा पुग्न सकेन । त्यहाँ पुगेका सुरक्षाकर्मीले १७ जनाको शव संकलन गरेको छ ।
तर, घटनास्थल घना जंगलमा भएको र अपराहृनतिर हिउँ परेकाले उद्धार कार्य प्रभावकारी हुन सकेन । अब भोलि मात्र शव संकलन र काठमाडौं ल्याउने प्रयास हुनेछ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा पाँच सदस्यीय आयोग गठन गरेको छ ।

प्रतिक्रिया 4