+
+
Shares

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान बेपत्ता, चालक दलका सदस्यसहित २३ को अवस्था अज्ञात

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १२ गते ९:२७

crash-time
१२ फागुन, पोखरा। चालक दलका सदस्यसहित २३ जना सवार तारा एयरको विमान बुधबार बिहान बेपत्ता भएको छ ।

बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले अनलाइनखबरलाई जानकारी दिए ।

कल साइन ९-AHH रहेकाे साे विमानको खोजी कार्य जारी रहेको मैनालीले बताए ।

खोजीमा दुईवटा हेलीकोप्टर परिचालन

विमानको खोजीका लागि जोमसोमबाट नेपाली सेनाको एउटा हेलीकोप्टर परिचालन भएको जोमसोम नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी सूर्यबहादुर खत्रीले अनलाइनखबरलाई बताए ।

विमानको खोजीका लागि पोखराबाट निजी हेलिकोप्टर समेत परिचालन गरिएको र शंकास्पद स्थानमा खोजी भइरहेको खत्रीले बताए ।

तारा एयर भन्छ- यो नयाँ विमान हो

तारा एयरले जनाए अनुसार हराएको यो विमान गत सेप्टेम्बरमा मात्रै खरीद गरिएको नयाँ हो । यो विमान किनेको तारा एयरका बजार प्रवन्धक भीमराज रार्इले अनलाइनखबरलाई बताए । राईका अनुसार विमानमा चालक दलका ३ सदस्य र दुर्इ बालबालिका सहित २३ यात्रु थिए ।

Tara Air Plane Missing

यो पनि पढ्नुस्

विमान नभेटिँदा पोखरा र जोमसोम विमानस्थलमा चिन्ता

वेपत्ता विमानमा सिडियो कार्यालयका कर्मचारीदेखि सैनिकसम्म

हराएको नयाँ विमानः क्यानडामा बनेको अत्याधुनिक !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?