१२ फागुन, काठमाडौं । बुधबार विहानबाट सम्पर्कविहीन भएको तारा एयरको विमान म्याग्दीको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
खोजीका क्रममा विमान दाना गाविसको केकर बुट्टा जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । घटनास्थल पुगेका स्थानीय शिक्षक श्यामबहादुर पुनले अनलाइनखबरलाई बताए अनुसार स्थानीयबासी र प्रहरीसहितको टोली घटनास्थल पुग्दा विमान टुक्राटुक्रा भएको र आगो बलिरहेको थियो ।
केही शवहरु बाहिरै थिए । पुनले अनलाइनखबरसँग भने, बादल लागेकाले निकै नजिक पुगेपछि मात्र हामीले विमान दुर्घटना भएको देख्यौं ।’
बुधबार विहान ७ बजेर ५७ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटमा सम्पर्कविहीन भएको थियो ।
विमानमा चालक दलका ३ सदस्य र दुर्इ बालबालिका सहित २३ यात्रु थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment


प्रतिक्रिया 4