१२ फागुन, काठमाडौं । तारा एयरको विमान दुर्घटनाबारे छानविन गर्न सरकारले आयोग बनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।
आयोगको सदस्यमा महासेनानी दीपक वास्तोला, क्याप्टेन श्रवण रिजाल, वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला छन् । सदस्य सचिवमा मन्त्रालयका सहसचिव सुरेश आचार्य तोकिएका छन् ।
आयोगलाई दुर्घटनाको कारण पत्ता लगाउन र भविश्यमा यस्ता घटना हुन नदिन सुझाव दिन भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4