Comments Add Comment

संसद बैठक बस्दै

Samsad१८ जेठ, काठमाडौं । बजेटबारे छलफल गर्न संसद बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ वजेको लागि बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको बैठकमा बजेट सार्वजनिक हुनु पूर्व नै चुहावट भएको भन्दै अवरुद्ध पारेपछि बैठक आजको लागि सारिएको थियो ।

आगामी आर्थिक बर्षको राजश्व र ब्ययको विवरणमाथि सैद्धान्तिक छलफलको लागि हिजो समय तोकिएको भएपनि कांग्रेसले अवरोध सिर्जना गरेपछि बैठक सुरु हुन सकेन । कांग्रेसले बजेट चुहावट बारे छानविनका लागि समिति गठन गर्नुपर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment