Comments Add Comment

अल्का सुवेदी एसएलसी सुन्दरी

miss slc nepal final
२ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अल्का सुवेदी यो बर्षको ‘मिस एसएलसी नेपाल’ हुन सफल भएकी छिन् । यस्तै यो प्रतियोगीताको फस्ट रनरअपमा अस्मिता तामाङ र सेकेण्ड रनरअपमा स्मारिका न्यौपानेले बाजी मारेका छन् ।

एसएलसी दिएर बसेका यूवतीहरुलाई समावेश गराएर आयोजना गरिएको प्रतिस्पर्धामा ट्यालेन्ट रितिका केसी, फोटोजेनिक विमला टोइसाङ, पपुलर स्मारिका न्यौपाने, भिवर च्वाईस सृष्टी चापागाई, अर्गनाईजर्स च्वाईस अवार्ड अनिसा श्रेष्ठ, मिस बेस्ट हेयर र स्माईल रोसना श्रेष्ठ भएकी छन् ।

त्यसैगरी, अनुसासनमा सुचिता श्रेष्ठ, फ्रेण्डशीप अनिषा शाही ठकुरी, पर्सनालिटि प्रिजु भण्डारी, स्टाईलिस मल्लिका महत, वाल्क रिचा बुढाथोकी, एकाडेमिक दीक्षा बस्नेत, कन्फीडेन्ट रेबिका घिमिरे, समाजसेवी  अस्मी कुवर र भेटेरान याशिमा जुमी याक्खा भएका छन् ।

‘द फेसन प्लस’ले प्रत्येक बर्ष झै यस बर्ष पनि ‘मिस एसएलसी नेपाल र एसएलसी प्रिन्स’ आयोजना गरेको हो । ‘एसएलसी प्रिन्स’तर्फ बिजेता दिवस कार्की भएका छन् । यस्तै फस्ट रनरअप देबेस गोयल तथा सेकेन्ड रनरअप टीवस लामिछाने भएका छन् ।

‘मिस एसएलसी नेपाल तथा एसएलसी पि्रन्स’का विजेताले तीन लाख, दुई लाख र एक लाख बराबरको छात्रवृत्ती तथा ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाएका छन् ।

काठमाडौं लगायत पोखरा, चितवन, दाङ, झापा, धरान, वीरगन्जबाट छनौटगरि अन्तिम चरणमा सहभागीहरुलाई प्रतिष्पर्धा गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment