Comments Add Comment

अक्षयले लिए ५६ करोड पारिश्रमिक

akachya

मुम्बई । अक्षय कुमारले हालै एउटा फिल्ममा काम गरेवापत ५६ करोड पारिश्रमिक लिने भएका छन् । भारतीय मिडियाले उल्लेख गरे अनुसार निर्देशक दिब्या कुमार खोसालाले अक्षयलाई उक्त रकम दिएका हुन् ।

यस अघि अक्षयले ‘जोली एलएलबी-२’ का लागि ४२ करोड पारिश्रमिक लिएका थिए । निर्देशक दिब्याको यो तेस्रो फिल्म हो । यसअघि उनले यारियाँ र समन रे निर्देशन गरेका थिए । यी दुबै फिल्मले औसत ब्यापार गरेको थियो ।

एक्सन र कमेडीमा जमेका अक्षयका प्राय फिल्म सफल छन् । यही वर्ष मात्रै उनका दुई फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ । वर्षमा धेरै फिल्ममा अभिनय गर्ने कलाकारका रुपमा चिनिन्छन् अक्षयकुमार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment