Comments Add Comment

उत्तर कोरियाली शासकले किन लगाउन पाएनन् स्विस घडी ?

Kim

राष्ट्रसंघको प्रतिबन्धका कारण उत्तर कोरियाली शासक किम जोंग उनले आफूलाई मन परेको महंगो स्विस घडी लगाउन पाएनन् ।

स्विस सरकारले महंगा लक्जरी घडीलाई उत्तर कोरियामा निर्यात गर्न बन्द गरेको छ र पछिल्लो दुइ महिनामा एउटा पनि घडी उत्तर कोरियामा बेचेको छैन ।

उत्तर कोरियाली शासक किम प्रायः महंगो घडी लगाएको अवस्थामा देखिन्छन् । जसका कारण राष्ट्रसंघले प्रतिबन्ध लगाउँदा पनि उनले स्विजरल्याण्डबाट घडी आयात गरिरहेको आशंका गरिएको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमका कारण राष्ट्रसंघले आफ्न सदस्य राष्ट्रहरुलाई उत्तर कोरियामा लक्जरी सामानहरुको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

स्मरण रहोस् किम र उनकी बहिनी किम यो जोंग, जो अहिले कम्युनिष्ट पार्टीकी वरिष्ठ अधिकारी हुन्, दुबैले स्विजरल्याण्डमा पढेका हुन् । किम आफैपनि पश्चिमा संस्कृतिका फ्यान रहेको बताइन्छ ।

किमले सन् २०१२ मा आफ्नो लागि तथा पार्टीका सदस्यहरुलाई उपहार दिनका लागि २ लाख २० हजार डलरका घडी स्विजरल्याण्डबाट आयात गरेका थिए ।

दक्षिण कोरियाली संचार माध्यमका अनुसार अहिले स्विजरल्याण्डले उत्तर कोरियामा घडीको निर्यात पूरै रोकेको छ भने उत्तर कोरियालीहरुले स्विजरल्याण्डमा रहेको सम्पत्ति फ्रिज गर्नुका साथै सरकारी कोष पनि फ्रिज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment