Comments Add Comment

पिङ खेल्ने विषयमा विवाद, खुकुरी प्रहारबाट एक घाइते

ping
फाइल फोटो

२६ असोज, बर्दिया । पिङ खेल्ने विषयमा विवाद हुँदा बर्दियामा एक जना गम्भीर घाइते भएका छन् ।

बर्दियाको शिवपुर गाविस वार्ड न २ मोहनपुर निवासी १८ वर्षीय पुरन वुढा घाइते भएका हुन् ।

वुढालार्इसोहि गाविस वार्ड न १ मोतिपुरका १९ वर्षीय विकास मिजारले पिङ खेल्ने विषयमा विवाद भएपछि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय भुरिगाउ बर्दियाले जनाएको छ ।

खुकुरी प्रहार बाट वुढाको टाउको गहिरो चोट लागेको छ । उनको अहिले कोहलपुर मेडिकल कलेज बाकेमा  उपचार भैरहेको प्रहरीेले जनाएको छ । खुकुरी प्रहार गर्ने विकास मिजारलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment