Comments Add Comment

लोकमानलाई महाअभियोग लगाउने उर्जामन्त्री भन्छन्ः कारवाही स्वीकार्य छ

पार्टीले लोकमानलाई कारवाही गर्ने निर्णय गरिसकेको छ

Janardan sharma Prabhakar (1)

५ कात्तिक, काठमाडौं । माओवादी नेता एवं उर्जामन्त्री जनार्दन शर्मामाथि आफ्ना सांसदहरुको हस्ताक्षर दुरुपयोग गरेको आरोप लागेको छ । लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा प्रयोग भएको हस्ताक्षर शर्माले दुरुपयोग गरेको भन्दै विहीबारको बैठकमा केही सांसदहरुले उनीमाथि कारवाहीको माग गरेका थिए ।

लोकमानविरुद्ध प्रयोग गरिएको हस्ताक्षरबारे अनलाइनखबरले मन्त्री शर्मासँग प्रश्न गर्दा उनले कतिपय कामहरु सांकेतिकरुपमा गर्नुपर्ने भएकाले केही सांसदहरुमा कन्फ्युजन हुनु स्वाभाविकै भएको बताए ।

‘हस्ताक्षरबारे मैले धेरै टिप्पणी गर्दिँन, अध्यक्षलाई पनि धेरै कुराहरु थाहा छ,’ मन्त्री शर्माले अनलाइनखबरसँग भने, ‘हाम्रो पार्टी लोकमानसिंह कार्कीलाई कारवाही गर्नेबारे स्पष्ट छ । पार्टीको निर्णय उनलाई कारवाही गर्नुपर्छ भन्ने नै छ ।’

हतारमा काम गर्नुपरेकाले केही सांसदहरुलाई कन्फ्युजन भएको र कतिपय सांसदहरु हस्ताक्षरबारे विस्तृतमा स्पष्ट नभएको हुनसक्ने शर्माले बताए । उनले भने, ‘तर, विहीबारको बैठकपछि अस्पष्ट रहेका सांसदहरु अब पनि स्पष्ट भइसक्नुभएको छ । त्यसैले अब यो कन्फ्युजन हटिसकेको छ ।’

महाअभियोगको प्रक्रिया अघि बढिसकेकाले अब पार्टी पछाडि फर्किन नसक्ने शर्माले बताए । ‘पार्टीलाई पछाडि फर्काउनका लागि यो प्रस्ताव पेश गरेको होइन, अब पार्टी अगाडि बढिसक्यो,’ शर्माले अनलाइनखबरसँग भने, ‘म पार्टीको इमान्दार सिपाही हुँ, पार्टीले कारवाही गर्छ भने भोग्न तयार छु ।’

यी पनि पढ्नुस्

गृहमन्त्री विमलेन्द्र भन्छन्- लोकमान प्रकरण सरकार ढाल्ने एमालेको खेल हो

प्रचण्डलाई रातभरि निद्रा लागेनः जनार्दन कारवाहीमा पर्ने, लोकमान जोगिने संकेत

‘एमालेले अहंकार देखाएकै हो, तर कांग्रेस लोकमानको रक्षाकवच बन्न सक्दैन’

लोकमानलाई राजीनामा दिन योगेश भट्टराईको सुझाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment