Comments Add Comment

शुक्रबारका टप १० समाचारः तपाईंले छुटाउनु भयो कि ?

आज शुक्रबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. नयाँ नेपाल बनाउन कति जोडी धुर्मुस-सुन्तली चाहिएला ?

giranchaur-basti-hastantaran-10

महाभूकम्पपछि राष्ट्रपति र प्रधानमन्त्रीले धेरै ठाउँमा पुनर्निर्माणमा कामहरु शिलन्यास गरे । तर, ती संरचनाहरुको निर्माण सम्पन्न भई उदघाटन गरिएका समाचारहरु अझैसम्म सुन्न पाइएको छैन ।

२. लोकमानका आफ्नै ‘विज्ञ’ ले खुट्याए ७ गल्ती !

अख्तियार प्रमुख लोकमानसिंह कार्की यतिबेला निलम्बित स्थितिमा छन् । कुनैबेला समानान्तर सत्ता चलाएका लोकमान किन यसरी जनता र राजनीतिक दलका नेताबाट एक्लिने अबस्थामा पुगे त ?

३. राष्ट्रपति विद्यादेवीको प्रस्तावमा विदा दिइएको हो: प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने निर्णयराष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावमा भएको बताएका छन् । साथै यो निर्णय आफूले एक्लै गरेको नभई सर्वदलीय सहमतिअनुसार भएको समेत प्रधानमन्त्रीले स्पष्ट पारेका छन् ।

४. मधेसी नेताको बैठकमा प्रचण्ड र ओलीको तुलना, प्रचण्ड ‘ढाँट’ ओली प्रष्ट

मधेसी मोर्चासहितको संघीय गठवन्धनको बैठकमा मधेसी नेताहरुले पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको रोचक ढंगले तुलना गरे । त्यहाँ नेताहरुले प्रधानमन्त्री प्रचण्डका तीनवटा चरित्र औंल्याए ।

५. श्रीमान्, म अदातलभित्रै लुटिएँ ! 

जब मान्छे ठगिन्छ, लुटिन्छ र अन्यायमा पर्छ, अनि अदालतको शरणमा पुग्छ । त्यसको अर्थ हो, अदालतले निष्पक्ष न्याय दिन्छ । तर, परिबन्दले गर्दा कतिपय अवस्थामा अदालतभित्रै न्यायमात्र होइन, ठगिनु पनि पर्दोरहेछ । यो प्रशंग हो, काठमाडौ जिल्ला अदालतको ।

६. प्रचण्डले अवसर गुमाए समर्थन फिर्ता लिन्छौं: उपेन्द्र यादव

 संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म प्रधानमन्त्री प्रचण्डलाई अवसर भएको बताए । त्यतिवेलासम्म संविधान संशोधन नभए मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने उनको चेतावनी थियो ।

७. रेल र राजमार्गबाट तिब्बत र नेपाललाई जोड्न सम्भव छः बाबुराम

 नेपाल र चीनबीच यातायात सम्बन्ध बढाउनुपर्ने विषय पारवहन खर्च कटौती गर्ने अथवा व्यापार वृद्धि गर्नेसित मात्र सम्बन्धित नभएको उनले बताए । यो हिमाली भेगका दुवैपट्टिका क्षेत्रहरूको अर्थतन्त्रको मूलभूत संरचनामै महत्वपूर्ण सुधार ल्याउने बिषयसित गाँसिएको भट्टरार्इले बताए ।

८. ठमेलको अड्डामा प्रहरीको छापा, १३ जुवाडे पक्राउ

 तिहार नजिकिँदै गर्दा काठमाडौं चल्ने जुवा अड्डा माथि प्रहरीले कारबाही तीव्र बनाएको छ । यसक्रममा ठमेलको एक जुवा अड्डाबाट १३ जुवाडे रंगेहात पक्राउ परेका छन् ।

९. दाजु बहिनीको बिहे तोड्दै यसरी मनाउन थालियो तिहार !

सनातन संस्कार र धार्मिक भावनाको कारणले वैज्ञानिक कुरालाई मान्नुभन्दा अन्धविश्वासलाई मान्ने चलन बसेको पाइन्छ । त्यो चलनले हाम्रा चाडपर्वको बारेमा ठीक दृष्टिकोण आएको छैन ।

१०. फिल्म बनाउने होइन, समाजसेवा गर भन्नेलाई दीपकराजको यस्तो जवाफ

धुर्मुस-सुन्तली’ ले समाजसेवा गर्दा दीपकराज गिरीले भने चलचित्र बनाएको भन्दै केही दर्शकले फेसबुकमा आलोचना गरे । दीपकराज गिरीकै स्टाटसमा यस्तो कमेन्ट आएपछि उनले यसको जवाफ दिएका छन् ।

र, यो पनि

अनौठो मन्दिर, जहाँ हुन्छ स्तनको पूजा

विश्वमा अनेक प्रकारका मन्दिरहरु छन् । नेपालमा पनि विभिन्न थरीका मन्दिर तथा शक्तिपिठहरु रहेका छन् । कोही पहाडमा छन् त कोही नदिको बीचमा समेत ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment