Comments Add Comment

विश्व समुदायलाई ट्रम्पको सन्देशः हामी साझेदारी चाहन्छौं, शत्रुता होइन

पहिलो प्राथमिकतामा अमेरिकाको हित

donald-trump

२४ कात्तिक, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।

राष्ट्रपतिको निर्वाचन जितेपछि ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै अमेरिकाको राष्ट्रपति हुन पाएकोमा आफू गौरवान्वित भएको बताए ।

आफूलाई डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको फोन आएको र उनले बधाई दिएको ट्रम्पले सुनाए ।

आफूलाई समर्थन नगर्ने मानिसहरु कम संख्यामा भएपनि उनीहरुको मार्गदर्शन र सहयोगमा अमेरिकालाई एकतावद्ध गराउन चाहेको उनले बताए ट्रम्पले भने, कुनै पनि सपना धेरै ठूलो हुँदैन, चुनौती पास गर्न नसकिने हुँदैन । हामीले भविश्यमा जे चाहन्छौं, त्यो पाउन सक्छौं ।’

उनले अघि भने, अमेरिका अब उत्कृष्ट भन्दा तल मान्ने वाला छैन ।’

उनले विश्व समुुदायलाई सम्बोधन गर्दै अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राखेर सबै देशसँग मित्रवत व्यवहार गर्ने बताए । उनले भने, हामी साझेदारी चाहन्छौं, शत्रुता होइन ।’

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अघि भने, मैले आफ्नो पुरा जीवन व्यापार व्यवसायमा विताएको छु र मैले संसार भरीका मानिस र प्रोजेक्टहरुमा लुकेको क्षमता बुझेको छु । मैले अब गर्नु पर्ने पनि त्यही हो ।’

यो पनि पढ्नुस्

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित

को होलान् डोनाल्ड ट्रम्पका विदेशमन्त्री ?

ट्रम्प राष्ट्रपति बन्दा नेपालीलाई के असर गर्छ ? 

डोनाल्ड ट्रम्पः त्यो उदास जर्मनी, यो निराश अमेरिका !

विश्वलाई आश्चर्यमा पार्दै ट्रम्पले कसरी जिते ? यस्ता छन् पाँच कारण

कहिले सम्हाल्छन् ट्रम्पले हृवाइट हाउसको कमाण्ड ? ओबामाले कहिले छाड्छन् ?

डोनाल्ड ट्रम्पका ५ अभिव्यक्ति, जसले उनलाई विवादमा ल्याए

हिलारी क्लिन्टनले स्वीकार गरिन् हार

परराष्ट्रविद भन्छन्-अमेरिकाबाट नेपालले पाउने आर्थिक सहयोग कटौती हुनसक्छ

अमेरिकी राष्ट्रपति ट्रम्पलाई नजिकबाट चिन्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment