Comments Add Comment

अमेरिकी राष्ट्रपति ट्रम्पलाई नजिकबाट चिन्नुहोस्

विश्वसुन्दरी प्रतियोगिताबाट मालामाल हुँदै राष्ट्रपतिसम्म

 

trump-eith-his-wife

२४ कात्तिक, काठमाडौं । अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको यतिबेला संसारमा सबैभन्दा बढी चर्चा छ । राजनीतिक चर्चासँगै ट्रम्पको आचरण, उनको सफलता, अभिव्यक्ति, विवाद र निजी जिन्दगीका विषयमा समेत निकै चाखलाग्दा र रोचक चर्चाहरु भइरहेका छन् । पूरै विश्व आज यो जान्न चाहिरहेको छ कि आखिर डोनाल्ड ट्रम्प को हुन् ?

धनाढ्य व्यापारी, आरामको जिन्दगी

डोनाल्ड ट्रम्प एक सफल व्यापारी हुन् । उनीसँग अरबौंको सम्पत्ति छ । न्यूयोर्कको निकै महंगो स्थान म्यानहटन इलाकामा उनको अथाह सम्पत्ति छ । समग्रमा भन्दा उनी धनाड्य अमेरिकी नागरिक हुन् ।

उनलाई चिन्नेहरु अमेरिकी सपनाको एक प्रतिनिधि मान्छन् ट्रम्पलाई । अमेरिकी मध्यम वर्गका मानिसहरुले पनि उनलाई निकै मन पराउँछन्, यद्यपि उनका धेरै नीतिहरु केबल धनी वर्गको फाइदाका लागि मात्र छन् । कयौं देशका नागरिकहरुले ट्रम्पलाई विश्वको शान्ति र सुरक्षाका लागि खतरा ठान्दछन् ।

डोनाल्ड ट्रम्पको जिन्दगीको यात्रा निकै चाखलाग्दो र उतार-चढावले भरिएको छ ।

ट्रम्पको जन्म १४ जुन १९४६ मा न्यूयोर्कको क्वीन्स इलाकामा भएको थियो । उनी एक मध्यमवर्गीय परिवारका सदस्य थिए । उनका बुवा फ्रेड ट्रम्पले घरजग्गाको व्यवसायबाट सफलता हात पारेका थिए । उनी शानदार गाडी चढेर हिँड्थे । गाडी चलाउन छुट्टै ड्राइभर पनि राखेका थिए ।

डोनाल्ड ट्रम्पकी आमा स्कटल्याण्डबाट अमेरिका पुगेकी थिइन् । ट्रम्पको घर अनुशासित थियो । त्यहाँ कसैलाई गाली गर्न रोक लगाइएको थियो । घरमा प्रशस्त धन हुँदाहुँदै पनि डोनाल्डका बुवा फ्रेड ट्रम्पले आफ्ना सबै सन्तानलाई आफ्नो खुट्टामा आफै उभिन सिकाएका थिए ।

होटल व्यवसायमा फलीफाप

सन् १९५९ मा जब डोनाल्ड ट्रम्प १३ वर्षका भए, उनका बुवाको घरमा स्वीच ब्लेड नामको हतियार भेटियो । छोरो नबिग्रियोस् भनेर बुवा-आमाले डोनाल्ड ट्रम्पलाई न्यूयोर्कको मिलिट्री स्कूलमा भर्ना गरिदिएका थिए । स्कुलको वातावरण झन् कडा थियो, जहाँ अनुशासन र तन्दरुस्तीमा बढी जोड दिइन्थ्यो । ट्रम्प त्यहाँ पढेर सन् १९६४ मा निस्किए । त्यसपछि उनी फोडर्म विश्वविद्यालयमा भर्ना भए । त्यसको दुई वर्षपछि अमेरिकाको प्रतिष्ठित वार्टन बिजनेश स्कुलमा पढ्न गए ।

donald-trump-business

कलेजको पढाइ पूरा गरेको तीन वर्षपछि डोनाल्ड ट्रम्प न्यूयोर्कको म्यानहटन इलाकामा बस्न थाले । ७० को दशकमा उनले बुवाबाट पैसा मागे र निकै घाटामा चलिरहेको ‘कमोडोर होटल’ ७ करोड डलरमा किने । होटलको भौतिक संरचना मर्मत गरे र सन् १९८० मा होटलको नाम परिवर्तन गरी ‘द ग्राण्ड हयात’ राखे । ट्रम्पले उठाएको यो जोखिम सफल बन्यो र उनी रातारात करोडपति बने ।

व्यवसायमा डुब्दै उक्सँदै

सन् १९८२ मा डोनाल्ड ट्रम्पले न्यूयोर्कमा ट्रम्प टावर बनाए । यो न्यूयोर्कको चर्चित भवनमध्ये एक हो । भनिन्छ, यसलाई बनाउन पोल्याण्डबाट आएका गैरकानुनी आप्रवासी मजदुरहरुको ठूलो योगदान थियो । यो यसकारण पनि चर्चित छ कि डोनाल्ड ट्रम्पले अरु देशबाट अमेरिका आएका (आप्रवासी)हरुको चर्को विरोध गर्दछन् । डोनाल्ड ट्रम्प आजभोलि पनि यसै भवनमा बस्दछन् र यहीँ बसेर काम गर्छन् ।

यसैवीच ८० कै दशकमा सफलता पाए पनि ९० को दशकमा ट्रम्पलाई ठूलो झट्का लाग्यो । दशकको सुरुमा उनको निजी जिन्दगीमा उथल-पुथल आयो । उनकी पत्नी इवाना ट्रम्पको मार्ला मेपल्स नामकी एक महिलासँग समलिंगी अफेयर चलेको खबर सार्बजनिक भयो । त्यसपछि इवानाले डोनाल्ड ट्रम्पसँग सम्बन्धविच्छेद गरिन् । यसबाट डोनाल्डले निकै घाटा व्यहोर्नु पर्‍यो ।

donald-trump-business-1

त्यसैगरी ९० को दशकमा आर्थिक मन्दीका कारण ट्रम्पको घरजग्गा कारोबारमा ठूलो नोक्सान भयो । उनको होटल ताज महल इन एटलान्टिक सिटीले आफु टाट पल्टिएको घोषणा गर्‍यो । यही अवस्था सन् १९९२ मा ट्रम्प प्लाजाको पनि भयो । यसले एक सफल व्यवसायीका रुपमा उनको छवि धुमिल बन्यो ।

सन् १९९७ मा भने ट्रम्पले शानदार तरिकाबाट व्यवसाय उकास्न सफल भए । उनले आफ्नो डुंगा व्यवसाय र ट्रम्प एयरलाइन्स बेचिदिए । त्यसपछि उनले मिस युनिभर्स, मिस युएस र मिस टिन युएसको अधिकार किने । मनोरञ्जनको संसारमा ट्रम्पको यो पहिलो पाइला थियो ।

ट्रम्पको राजनीतिक यात्रा

सन् १९९९ मा ट्रम्पले राजनीतिमा पनि हात हाले । उनले रिफर्म पार्टी स्थापना गरे । डोनाल्डको लक्ष्य सन् २००० को निर्वाचनमा पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्नु थियो ।

ट्रम्पले भने कि उनले ओप्रा विन्फ्रेलाई आफुसँगै उपराष्ट्रपतिको उम्मेदवार बनाउनेछन् । तर, रिफर्म पार्टीको आन्तरिक कलहका कारण निराश हुँदै उनले फेब्रुअरी २००० मा आफुलाई राष्ट्रपति दौडबाट अलग भएको घोषणा गरे ।

हालै ट्रम्पको एक अडियो सार्वजनिक गरिएको थियो, जसमा उनले महिलालाई अभद्र गाली गरिरहेको सुनिएको थियो । त्यो अडियो एक टीभी कार्यक्रमको सुटिङका क्रममा लिइएको थियो ।

यस टीभी कार्यक्रमको नाम ‘द अप्रेटिस’ थियो । ट्रम्पले सन् २००४ मा यस टीभी शोमा काम गरेका थिए । यसमा ट्रम्पको व्यवसायिक दुनियाँको झलक देखाइन्थ्यो । टीभी शोमा उनको कम्पनी कामदारहरुका लागि एक उत्कृष्ट स्थान भएको प्रचार गरिन्थयो ।

यस शोको पहिलो सिजनको टेलिभिजन रेटिङ, अमेरिकामा हुन लागेको सुपरबाउल प्रतिस्पर्धापछि दोस्रो नम्मरमा थियो । शोको सफलता पनि ट्रम्पले हलिउडको हल अफ फेममा समेत स्थान बनाएका थिए ।

सन् २००५ मे २३ मा आफ्नो तेस्रो बिबाहपछि ट्रम्पले ट्रम्प विश्वविद्यालयको स्थापना गरे । जसमा युवाहरुलाई उच्च माध्यामिक शिक्षापछि स्नातक तहको पढाइका लागि प्रस्ताव गरिएको थियो । यसमा रियल स्टेट (घरजग्गा कारोबार) को कोर्षलाई बिशेष प्राथमिकतामा राखिएको थियो ।

साथै ट्रम्पको सफलताको राजबारेपनि ज्ञान दिइने दावी गरिएको थियो । करिव ५ बर्षपछि विद्यार्थीहरुले यो विश्वविद्यालय एक झूठा भएको दाबी गरे । पछि न्युयोर्क सरकारले यसको बिरुद्ध अनुसन्धान सुरु गर्‍यो र २०१० मा यो विश्वविद्यालय बन्द भयो ।

ट्रम्प र विवादः एकै सिक्काका दुई पाटा

यसै पनि डोनाल्ड ट्रम्प र विवाद सिक्काका दुई पाटा हुन् । जसमा महिलाहरुदेखि लिएर मुसलमानसम्मको बारेमा उनको अभिव्यक्तिमाथि उठेको विवादलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

donald_trump
७ डिसेम्बर २०१५ मा ट्रम्पले आफ्नो सबैभन्दा विवादित अधिव्यक्ति दिएका थिए । उनले साउथ क्यारोलिना राज्यमा आयोजित एक चुनावी र्‍यालीका क्रममा मुसलमानहरुका लागि अमेरिकाको ढोका सधैंका लागि बन्द गराउनुपर्ने बताएका थिए ।

साथै उनले भनेका थिए कि अमेरिकामा बसिरहेका सबै मुसनमानमाथि कडा जाँच हुनु जरुरी छ । उनले आफ्नो यो खतरनाक प्रस्तावबाट मात्र लण्डनका मेयर सादिक खानलाई छुट दिएका थिए । उनको यस अधिव्यक्तिपछि निक्कै हंगामा भएको थियो । आज पनि थुप्रै मानिसहरुलाई लाग्छ कि ट्रम्पको मुस्लिमविरोधी छवि पूरै विश्वका लागि खतरनाक हुन सक्छ ।

आफ्ना यी तमाम विवादित छविका बाबजुद १९ जुलाई २०१६ मा ट्रम्प अमेरिकाको सबैभन्दा पुरानो पार्टी रिपब्लिकनको तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवार बन्न सफल भए ।

donald-trump-family
क्लिवल्याण्डमा भएको पार्टीको सम्मेलनमा जब उम्मेदवारको रुपमा उनको नाम उद्घोष गरिएको थियो त्यतिबेला उनी आफ्नी पत्नी मेलानिया र पाँच सन्तानहरुसँगै थिए ।

त्यसपछि उनले इण्डियाना सुवेका गभर्नर माइक प्यान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाए । उनले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई एक ‘विषालु’ भन्दै तीखो प्रहार गरे । साथै उनले सबैलाई अपील गरे कि उनलाई मत दिएर एकपटक पुनः अमेरिकालाई महान बनाउनुहोस् । ट्रम्पले मेक्सिकोको सीमानामा पर्खाल लगाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

राष्ट्रपतीय चुनावको बहस (प्रेशिडेन्सियल बहस) पनि पनि ट्रम्प चुनावी दौडमा हिलारीभन्दा पछाडि थिए । महिलालाई दिएर उनले दिएको विवादित अभिव्यक्तिले उनलाई निक्कै ठूलो झड्का लागेको थियो ।

यो पनि पढ्नुस्

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित

को होलान् डोनाल्ड ट्रम्पका विदेशमन्त्री ?

ट्रम्प राष्ट्रपति बन्दा नेपालीलाई के असर गर्छ ? 

डोनाल्ड ट्रम्पः त्यो उदास जर्मनी, यो निराश अमेरिका !

विश्वलाई आश्चर्यमा पार्दै ट्रम्पले कसरी जिते ? यस्ता छन् पाँच कारण

कहिले सम्हाल्छन् ट्रम्पले हृवाइट हाउसको कमाण्ड ? ओबामाले कहिले छाड्छन् ?

डोनाल्ड ट्रम्पका ५ अभिव्यक्ति, जसले उनलाई विवादमा ल्याए

हिलारी क्लिन्टनले स्वीकार गरिन् हार

विश्व समुदायलाई ट्रम्पको सन्देशः हामी साझेदारी चाहन्छौं, शत्रुता होइन

परराष्ट्रविद भन्छन्-अमेरिकाबाट नेपालले पाउने आर्थिक सहयोग कटौती हुनसक्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment