Comments Add Comment

एन्ड्रोइड प्रयोगकर्ताका लागि ह्वाट्सएपले ल्यायो दुई नयाँ फिचर्स

whatsappमेसेजिंग एप ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका लागि दुई नयाँ फिचर पेश गरेको छ ।

अब सबै एन्ड्रोइड प्रयोगकर्ताले कुनैपनि भिडियो डाउनलोड गरिरहेको बेलामै उक्त भिडियो स्ट्रिम गर्न सक्नेछन् र एनिमेटेड जिआइएफ तस्वीर आदान प्रदान गर्न सक्नेछन् ।

यसअघि केवल ह्वासएप बिटा भर्सनमा मात्र परीक्षणको रुपमा यो फिचर उपलब्ध थियो ।

ह्वाट्सएपको नयाँ फिचरयुक्त एन्ड्रोइड एपलाई गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । पहिले देखिनै ह्वाट्सएप प्रयोग गर्दै आएकाले भने केवल एपलाई अपडेट गरेमात्र पुग्नेछ । यो सँगै कसैले तपाइँलाई पठाएको भिडियो डाउनलोड गर्दै गर्दा पनि तपाइँले स्ट्रिम गरेर हेर्न सक्नुहुनेछ । अनि भिडियो चित्त बुझेन भने डाउनलोड रोक्न सक्नुहुन्छ ।

त्यसैले भिडियोमा के छ ? भन्ने थाहा पाउनका लागि पूरै भिडियो डाउनलोड गर्नुपर्ने झण्झट हुनेछैन । यसअघि ह्वाट्सएप प्रयोगकर्ताले कुनैपनि भिडियो अटोमेटिकल्ली वा म्यानुअल्ली डाउनलोड गर्नुपथ्र्यो र पूरै भिडियो डाउनलोड भैसकेपछि मात्र त्यसलाई प्ले गर्न सकिन्थ्यो ।

यो सँगै ह्वाट्सएपले एनिमेटेड जिआएफ तस्वीर पनि अब सपोर्ट गर्नेछ । ह्वाट्सएप प्रयोगकर्ताले आफ्नो ग्यालरीबाट जिआइएफ फाइल अट्याच गरी पठाउन सक्नेछन् वा कसैले अपाmुलाई पठाएको तस्वीर फरवार्ड पनि गर्न सक्नेछन् । जिआइएफ तस्वीरहरुलाई ह्वाट्सएपले आफ्नो डाइरेक्टरीमा एनिमेटेड जिआइएफ फोल्डरभित्र सेभ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment