मंगलबार, ६ भदौ, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

कुलमानको अर्को कुशलताः दाताको सहायतामा चामत्कारिक खर्च

अनलाइनखबर


६ बैशाख, काठमाडौं । लोडसेडिङको हटाएर वाहवाही कमाइरहेका कुलमान घिसिङले दातृ निकायले उपलब्ध गराउने सहायता रकम पनि उच्च खर्च गर्न सफल भएको देखिएको छ ।

दातृ निकायको सहायतामा सञ्चालित आयोजनाको काममा पनि कुलमानले व्यवस्थापकीय कुशलता देखाएका छन् ।

प्राधिकरणमार्फत कार्यान्वयन हुने आयोजनाको कामलाई घिसिङले तिब्रता दिएपछि यस वर्ष ऊर्जा क्षेत्र चामत्कारिकरुपमा दाताले दिएको रकम बढी खर्च गर्ने क्षेत्र बनेको छ । गत वर्ष भने यसरी बढी खर्च गर्ने क्षेत्र स्वास्थ्य थियो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ऊर्जा क्षेत्रमा सन् २०१४/१५ मा ७ करोड ८५ लाख ७१ हजार अमेरिकी डलर खर्च भएकोमा सन् २०१५/१६ मा बढेर झण्डै दोब्बर अर्थात १५ करोड पाँच लाख ८२ हजार डलर खर्च भएको छ । घिसिङ गत भदौको अन्तिमका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्यायले वस्तु तथा सेवा खरिदको लागत, योजना, टेण्डर स्विकृति लगायतका सम्पूर्ण कामको अधिकार कार्यकारी निर्देशकलाई दिने व्यवस्था गरिदिएका थिए ।

यसले गर्दा प्राधिकरणको टण्डर प्रक्रिया छिट्टो भएको थियो । खरिद अधिकार कार्यकारी निर्देशकलाई दिएकाले ऊर्जा क्षेत्रको खर्च बढी भएको अर्थ मन्त्रालयले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले खरिद प्रक्रियाका कामलाई तिब्रता दिएका छन् ।

सार्वजनिक खरिद ऐनले खरिद योजना तयार गर्ने देखि लिएर स्विकृति गराउने सम्बन्धि काम गर्ने सम्पूर्ण अधिकार संस्थानको कार्यकारी प्रमुखलाई दिएको छ । तर, ऐनमा भएको यस्तो व्यवस्था प्राधिकरणका तत्कालीन सञ्चालकहरुले टेण्डरमा चलखेल गर्न खरिदको अधिकारी कार्यकारीलाई दिन अस्विकार गर्दै आएका थिए ।

ऊर्जा क्षेत्रमा सबैभन्दा बढी सहायता दिएको एडीबी नेपाल कार्यलयका तत्कालीन प्रमुख केनिची योकोयामाले केही महिना अघि अर्थ मन्त्रालयमा प्राधिकरणमा नयाा व्यवस्थापन आएपछि सहायताको खर्चमा चमत्कारिक सुधार आएको टिप्पणी गरेका थिए ।

विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजना सञ्चालनमा छ । आयोजनामार्फत धनुषाको ढल्केवरमा २२०/१३२ केभीको सबस्टेसनको निर्माण भइरहेको छ । गत ५ भदौमा आयोजनाको स्थलगत निरीक्षण गरि ऊर्जा मन्त्री जनार्दन शर्माले ४ महिनाभित्र निर्माण सम्पन्न गर्ने लिखित प्रतिबद्धता आयोजना र ठेकेदारबीच गराएका थिए ।

सव स्टेसन निर्माण अन्तिम चरणमा भएपनि लोडसेडिङ व्यवस्थापनले गर्दा अहिले त्यहाा रहेको प्रसारण लाइनलाई चलाउन प्राविधिक समस्या रहेकाले सव स्टेसनलाई चलाउन (चार्ज) गर्न प्राविधिक समस्या रहेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘अब यसलाई छिट्टै चार्ज गछौं,’उनले भने ।

कति भयो खर्च ?

 

आयोजना प्रतिबद्धता रकम (डलर) खर्च (डलर)
नेपाल भारत विद्युत प्रसारण तथा व्यापार १३ करोड ८० लाख (विश्व बैक) ५ करोड ७२ लाख ४४ हजार
ऊर्जा पहुाच दक्षता तथा  सुदृढीकरण ६ करोड ७६ लाख ८३ हजार (एडीबी) २ करोड ७१ लाख ७८ हजार
विद्युत  प्रसारण विस्तार तथा आपूर्ति सुधार १० करोड ९ लाख २१ हजार (एडीबी, नर्वे) १ करोड ५६ लाख ६६ हजार
मझौला तथा ठूला विकास ३१ लाख ८५ हजार
माथिल्लो त्रिशुली ३ ए जलविद्युत १२ करोड ९२ लाख ४२ हजार ८१ लाख ३५ हजार

 

 

२०७४ वैशाख ६ गते १८:५० मा प्रकाशित (२०७४ वैशाख ७ गते १०:०८मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१५ प्रतिकृयाहरू प्राप्त
  • earth लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:०५

    jai jai hose

    39
    0
    Share

  • salin लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:२३

    ek jana saxam ra honest personle deshma kati ramro garna sakne rahechha vanne lesson ho yo. uni vanda pahileka namak haram harule kebal jagir ghichera desh parti gaddari gare. maobadi le janera najanera unko niukti garnu thulo kam vayo. urja mantri lai pani yasko jas janchha. kangress ra amale le yo deshma curruption ra annyaya bahek kehi garena.

    54
    0
    Share

  • manoj लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:३२

    tapai jasto imandar rastra sewak aru ko hi napaine bho…..dhikkar cha yi chor neta haru lai ani salaam cha hajur lai….!!!

    37
    0
    Share

  • बिजय राई ''काका ' - लेक साईड पोखरा - ६ लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:४२

    दार्जिलिङ्का सुबास घिसिङले पनि केहि त गर्न खोजेका तिय तर अन्तत्व गत्व भारत कै पुच्छर भएर चिलिम फर्के । तर हाम्रा नेपालका कुलमान घिशिङ चै यस्ता परेकी मध्य दिनको घाम भन्दा पनि चर्को । कुलमान दाजुले देशै भरी नेपालको चौद अन्चल पचहत्तर जिल्ला बाटै चुनाब लडे पनि कन्फर्म जित्छन ।

    बधाई छ कुलमान घिसिङ दाईलाई ! बरु तपाईको कार्य काल पो अझै १५ -२० बर्ष भई दिए हुन्थ्यो हौ !

    54
    0
    Share

  • कपिलदेव सिङघक लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:४३

    धेरै राम्रो । तर भ्रष्टहरुले कुलमानलाई शिकार बनाउनबाट सावधानी अपनाउन जरुरीछ ।

    28
    0
    Share

  • SUSHANTA PANDEY लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:०१

    ABISMARANIYA YOGDAN DIYEKA KULMAN SIR LAI HRIDAYA DEKHI SALAM …. SARKAR PAKXYA LE KULMAN GHISING JASTA BEKTITYO KO ATAMMA BAL BADAUNA K GARIRAKO XA TA … KHOI KEI DHEKHIDAINA ???

    9
    2
    Share

  • Dipak लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:०८

    “नेपालमा हावादारी गफ गर्ने कपुत मात्र छैनन् कामै गरेर देखाइ दिने सपुतहरू ्पनि छन् । के गर्नु प्रत्यक्ष निर्वाचित कार्यकारीकाे व्यवस्था भा भए कुलमान घिसिङ, जनार्दन शर्मा,डा बाबुराम भट्टराइ,गाेकर्ण बिष्ट इत्यादिलाइ चुनेर पठाइन्थ्याे, त्याे अवसर हावादारीले खाइदिए ! अहिले हामीले दिन सक्ने भनेकाे तपाइहरूकाे जय जय हाेस् !बधाई छ कुलमान घिसिङ दाईलाई ! बरु तपाईको कार्य काल पो अझै १५ -२० बर्ष भई दिए हुन्थ्यो हौ !”

    31
    0
    Share

  • bhesh nath bhattarai लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:११

    thank you

    6
    0
    Share

  • abc लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:३०

    Great Sir,

    3
    0
    Share

  • Pabitra Nepal लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:३६

    Yetro barsa KiPO (Kiraharuko Poko) le desh lai andhakar banaiya thyo ,Janata jhukyaundai deshma charam brastachar vairahethyo, tara ek sahi netritwo ra saksam byaktile yeti thorai samayama prove garer dekhaidiyo.

    Hamile Kulaman lai salute garnai parchha, sathai yesko lai batabaran banai dine Janardhan lai pani dhanyabad dinai parchha. j vayepani cong-Mao- RBB and others lead govt lai pani k hi navaye pani sudhriyeko vannai parchha. Yestai aru chhetrama pani improve hos. (sikksha, swastha….) sabailai Sadhubad.

    2
    0
    Share

  • indira Rai लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:३८

    अव अन्य विभाग तथा निकाय (जस्तै सडक विभाग,खानेपानी,आपुर्ती, श्रम तथा रोजगार, सहकारी तथा गरीवि निवारण अादी)मा पनि अन्य कुलमानहरू नियुक्ति गरिनु पर्यो । देशमा सक्षम जनशक्ती नभएका होइनन् भनसुन र घुसखोरी बन्द गरेर सक्षम र निष्ठावान जनशक्ती छनौट गर्नु पर्यो । Right person in Right place ले नै अरू थुप्रै कुलमानहरू राज्यले फेला पार्नेछ ।

    कुलमानको जय होस् ।

    7
    0
    Share

  • oshodip लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १७:१३

    तपाईलाई लाखाै‌ मानिसहरुकाे अाशिष लागाेस्

    3
    0
    Share

  • Prakash Rai लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १७:५३

    सर्ब श्री कुलमान घिसिङले ज्युको सफलता र सम्पूर्ण नेपाली जनताको सफलता एक अर्काको परिपुरक हो भन्दा फरक नपर्ला l श्री कुलमान ज्युलाई अझै सफलता मिलोस सुभकामना l

    विजय राई ज्यु, स्व सुबास घिसिङले दार्जीलिंगको जनतालाई मात्र होइन भारत भरि छरिएर बसेका नेपाली भाषी भारतीयहरुलाई एक सुत्रमा बाध्ने काम गरेको छ l “गोर्खाल्याण्ड” सब्दको जन्मदाता स्व सुबास घिसिङको “चिलिम फर्केको” होइन, वहाँले भौतिक सरिर त्यगी पन्चभुतमा बिलिन हुनु भएको हो l जहाँ सम्म भारतको पुच्छरको कुरा प्रत्येक भारतीय नागरिक भारत राष्ट्र भन्दा माथि हुदैन, सबै नागरिक आफ्नो राष्ट्रको पुच्छर नै हुन्छ l

    6
    0
    Share

  • शंकर लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १८:५५

    चिलिमे रसुवाको भिरपाखामा कुलमान सर काम्दारहरुसँग दिन्हौ हिंडेर उकालीओराली गर्दा कतिले भन्थे “यस्तो पनि इन्जिनियर हाकिम हुन्छ हौ गाँठे? ऐलेसम्म कामचोर, घुसिया र राज्धानी बस्ने मात्र देखियो|यो त भिन्नै पो छ्|”
    कुलमान सरलाई चिलिमे को सफलताले गर्दा नै मन्त्री राधा ज्ञवालीले हटाए| त्यो बेला रसुवाबासीले बिरोधमा रोईकराई गरे तर कसले सुनिदिने उनीहरुको रोदन? अहिले आएर नेपाल उज्यालो बनाउन कुलमान सरको चिलिमेको प्रत्यक्ष अनुभव धेरै काम आयो|
    धन्य नेपाल आमाका एक सपुत कुलमान घिसिङ, अन्ध्कार देखि उज्यालोमा|

    7
    0
    Share

  • hem लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते २२:०७

    good job

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this